बिर्तामोड । 

झापाको बाह्रदशी गाउँपालिका–१ स्थित ब्रोक्राझाडीमो रहेको अमृत माध्यमिक बिद्यालयका चार सय ९६ जना बिद्यार्थीलाई न्यानो कपडा बितरण गरिएको छ । 

बिर्तामोड–२ को सहारा नेपालको ब्यवस्थापन, लीलामाया खड्का आदर्श फाण्डेशन, झापा एफसी र फ्रेन्सको सहयोग  तथा अमृत माबिको आयोजनामा आज (आइतवार) बिद्यालयमै पुगेर न्यानो कपडा बितरण गरिएको हो । 

बिपन्न, सिमान्तकृत र मदेशी समुदायका बालबालिका अध्ययनरत उक्त बिद्यालयमा सहारा नेपालको टिमसहित सहयोगी दाता परिवारको उपस्थितिमा बाल शिक्षादेखि कक्षा १० सम्मका चारसय ९८ जना बिद्यार्थीलाई न्यानो कपडा स्वीटर बितरण गरिएको छ । 

झापा एफसीका संस्थापक अध्यक्षसमेत रहेका साथै कतार रहेर आफ्नो ब्यवसाय सञ्चालन गर्दै आएका अर्पणबिक्रम खड्काले न्यानो कपडा उपलब्ध गराएका हुन् । बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष भूमीराज थापाको अध्यक्षतामा भएको कार्यक्रम राष्ट्रिय सहकारी बैंकका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि महेन्द्रकुमार गिरीलगायतले न्यानो कपडा बितरण गरेका थिए ।  

स्वागत बिद्यालयका प्रधानाध्यापक रामबहादुर बुढाथोकीले गरेको कार्यक्रमको औचित्यमाथि प्रकाश लीलामाया खड्का आदर्श फाण्डेशनकी संरक्षक शिखा खड्का गणेशले प्रकाश पारेकी थिइन् । 

कार्यक्रममा प्रमुख अतिथि गिरीले बिदेशमा रहेर पनि आफ्नो गाउँठाउँको बिद्यालयका बालबालिकाको अवस्था बुझेर सहयोग गर्ने अर्पणबिक्रमसहित फाउण्डेशन परिवारलाई धन्यवाद ब्यक्त गरे । 

कार्यक्रममा पूर्व श्रम तथा पूर्वाधारमन्त्री टेकनारायण राजवंशी, बाह्रदशी गाउँपालिकाका शिक्षा शाखा निमित्त प्रमुख गोगराज पौडेललगायतले न्यानो कपडा बितरण गर्ने फाउण्डेशन परिवारको प्रशंसा गरेका थिए । कार्यक्रममा बिद्यालयले सहगोगी भूमिका खेको सहारा नेपाल र फाउण्डेशनलाई प्रशंसा पत्रले सम्मान समेत गरेको थियो । कार्यक्रमको सञ्चालन शिक्षक  नरेश बरालले गरेका थिए । 

कार्यक्रममा फाउडेशनका अभिभावक लीलामाया खड्का, सहारा नेपालका सह–सचिव एलबी गिरी, सञ्चालक सदस्य हेमराज गिरी, फडिन्द्र भण्डारी, संयोजक अनुगमन समिति दुर्गा भण्डारी, सदस्य राजु गिरी, संयोजक महिला उप–समिति चित्रकला ओली, सहारा नेपाल साकोसका बिपद ब्यवस्थापन समिति सदस्य हेम खड्का, ओमप्रकाश गौतम, सराहा नेपालका कार्यक्रम ब्यवस्थापक मात्रिका सुवेदीलगायतको उपस्थिति रहेको थियो ।