बिर्तामोड । 

 झापाको बिर्तामोड–३ को आदर्श स्कुल अफ मेनेजमेन्टको आयोजनामा १५ दिने निःशुल्क बारिस्टा तथा सुसि तालिम शुरु भएको छ । आदर्शको आयोजना तथा बिर्तामोड नगरपालिका–३ को समन्वय तथा सुरुवाती कोठा नेपाल, झापाको ससंयोजनमा १५ दिने निःशुल्क बारिस्टा तथा सुसि तालिम शुरु भएको हो । 

वडाका युवाहरुलाई ब्यवहारिक तथा व्यावसायिक सिप दिने उदेश्यले तालिम शुरु गरिएको आयोजक सस्थाका डाइरेक्टर सन्जोग खरेलले बताए। यो सीप सिक्न २० हजारसम्म पर्ने भएता पनि वडाका युवालाई प्रोत्साहन स्वरुप साथै स्कुलको सामाजिक उत्तरदायित्वलाई बहन गर्न कार्यक्रम गरिएको डाइरेक्टर खरेल ले  बताए । 

बिर्तामोड–३ का ३० जना युवाको प्रत्यक्ष सहभागीता रहेको छ। कार्यक्रमको सुरुवातमा वडा–३ की जनप्रतिनिधि लक्ष्मी रोक्काले युवाले यसरी निःशुल्क पाएको तालिमलाई पूर्ण रुपमा सिकाईमा उत्तार्न आग्रह गरे। तालिममा सेफ मनिष अर्याल उपाध्यय, सुमन मगरले तालिम दिदै गरेको आदर्श स्कुलका आउटरिच कोर्डिनेटर दीपक दासले जानकारी दिए ।