बिर्तामोड । 

झापाको बिर्तामोड–२ मा रहेको मोहनमाया माध्यमिक बिद्यालयले उत्कृष्ट शिक्षकका रुपमा शिक्षक रोहितकुमार गिरीलाई सम्मानज गरेको छ । ५७ औं वार्षिकोसवका अवसरमा शिक्षक गिरीलाई सम्मान गरिएको थियो ।  

यसैगरी विद्यालयका शिक्षक गिरीलाई चन्द्र विष्णु राउत स्मृति प्रतिष्ठान पुरस्कार, गोपाल कुमार रमा बस्नेत अक्षयकोषबाट सौरभ न्यौपाने र सुश्री सावित्री बस्नेत अक्षयकोषबाट बद्रिप्रसाद न्यौपानेलाई सम्मान गरिएको थियो ।विद्यालयको  वार्षिकोत्सवका अवसरमा दाता परिवार, उत्कृष्ट विद्यार्थीलाई सम्मान तथा पुरस्कृत गरिएको हो । 

वार्षिकोत्सवको अवसरमा विद्यालयको स्वर्ण महोत्सव, भवन निर्माणमा सहयोग गर्ने ६० जना दातालाई सम्मान गरिएको विद्यालयले जनाएको छ । सोही अवसरमा विद्यालयले कक्षा १० का ३७ जना ३.६ जिपिएदेखि माथि अंक ल्याउने विद्यार्थीहरुलाई नगद २५ सय ५ रुपैयाँसहित पुरस्कृत गरेको छ । यस्तै, कक्षा १२ का १९ जना विद्याथीहरुलाई मोहनमाया विद्या पदक २०८१ बाट पुरस्कृत गरिएको छ ।

वार्षिकोत्सवमा गोपाल कुमार रमा बस्नेत अक्षयकोष पुरस्कार २०८१ बाट ६ जना, गगांदेवी रंगलाल चिमरिया स्मृति अक्षयकोषबाट २ जना, नैनानन्द विष्णुमाया संग्रौला स्मृति अक्षयकोषबाट २ जना, रुपनारायाण पवित्रा तिवारी स्मृति अक्षयकोषबाट २ जना, चन्द्र विष्णु राउत स्मृति प्रतिष्ठान पुरस्कार २०८० बाट ११ जना, सुश्री सावित्री बस्नेत अक्षयकोक्ष पुरस्कार २०८० बाट १६ जना, राजेन्द्र संग्रौला पुरस्कारबाट कक्षा ५ का २ जना, मोहनमाया विद्या पदक (प्राविधिक तर्फ) १४ जना विद्यार्थीहरुलाई पुरस्कृत गरिएको बिद्यालयले जनाएको छ ।