दुर्गापुर ।
झापाको कनकाई नगरपालिका–६ चम्फापुरमा रहेको चम्फापुर माध्यमिक विद्यालले ६१ औं बार्षीकोत्सव मनाएको छ। बिद्यालयले आज (आइतवार) ६१औं वर्षगाठको अवसर पारेर सप्ताह व्यापी विविध खेलकुद तथा सास्कृतिक कार्यक्रम सम्पन्न गरेर अन्तिम दिन कार्यक्रम सम्पन्न गरेको हो।
विद्यालय व्यवस्थापन समितिको अध्यक्ष खिनमाया बस्नेत (सीता) को अध्यक्षतामा आयोजित कार्यक्रममा कनकाई नगर उप–प्रमुख आशाशर्मा शिवाकोटीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि नगर उप–प्रमुख शिवाकोटी, विशिस्ट अतिथिहरु नगर शिक्षा प्रमुख राजकुमार ओडारी, कनकाई–६ का अध्यक्ष लक्ष्मीप्रसाद ओली, कनकाई–७ का अध्यक्ष भिष्मभुषण सिटौलालगायतले स्थानीय सरकारले पनि शिक्षालाई नै जोड दिने गरेको बताएका छन् । कार्यक्रममा प्रधानध्यापक बिष्णुप्रसाद कोईरालाले विद्यालयको प्रगति विवरण र भावी योजना सहितको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रमकै अवसरमा छुट्टाछुट्टै विभिन्न १२ वटा अक्षयकोषका दाता परिवारबाट गरिब तथा जेहेन्दार (उत्कृष्ट) २५ जना विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियोे । त्यस्तै अक्षयकोषका दाता कनकाई–७ का अध्यक्ष भिष्मभुषण सिटौलासहित अन्य दाता परिवारलाई समेत सम्मान गरिएको थियो ।
कार्यक्रममा नगर बालबालिका शाखा प्रमुख उमानाथ ढकाल, नगर भरिका विभिन्न विद्यालयका प्रधानध्यापक, शिक्षक, प्रतिनिधि, जनप्रतिनिधि, अभिभावक, अक्षयकोषका दाता परिवार लगायतको उपस्थिति रहेको थियो । विद्यालयका शिक्षक मोहन काफ्लेको स्वागत तथा नर्सरी र एलकेजिका नानीबाबूबाट स्वागत नृत्य प्रस्तुत गरिएको थियो ।
६१ बर्षअघि स्थापना भएको विद्यालयमा बिद्यार्थी अविभावकको आकर्षण भने केही बढ्दै गएको पाएको छ। विद्यालयमा अहिले नर्सरीबाट हाल कक्षा ६ सम्म अंग्रेज़ी र नेपाली दुबै माध्यम तथा कक्षा ७ बाट १० सम्म नेपाली माध्यममा पढाई हुने गरेको छ ।
विद्यालयमा अनुभवी शिक्षक शिक्षिका, सुन्दर शान्त व्यवस्थित स्थानमा विद्यालय भएपनी भवन भने पुरानो हुँदै गएको पाएको छ। बिद्यालयमा हाल ३ सय ५५ बढी बिद्यार्थी २४ बढी शिक्षक शिक्षिका साथमा शिक्षण सिकाइ गरिरहेको विद्यालयका साहेक प्रधानध्यापक रुद्र थापाले जानकारी दिए। विद्यालयमा ७ वटा भवन भएपनि पुराना तथा जीर्ण अवस्थामा रहेको साथै १६ वटा कक्षा कोठा रहेको प्रधानध्यापक बिष्णुप्रसाद कोईरालाले बताए।कार्यक्रमको सन्चाल सहायक प्रधानध्यापक रुद्र थापाले गरेका थिए ।