कनकाई । 

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन ९प्याब्सन० झापाले वार्षिक कार्यक्रम सम्पन्न गरेको छ । झापाको सुरुंगामा आयोजित भव्य समारोहकाबीच कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा यसअघि जिल्लाका हरेक पालिकामा गरिएको प्रतियोगितात्मक गायन तथा नृत्य प्रतियोगिताबाट प्रथम हुने विद्यालयको सहभागितामा जिल्लास्तरीय गायन तथा नृत्य प्रतियोगिता गरिएको थियो ।

गायनतर्फ कक्षा ११÷१२ साथै १२ बर्ष मुनिका र कक्षा १० सम्मका विद्यार्थीले आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । त्यस्तै, नृत्यतर्फ कक्षा ५ सम्मका विद्यार्थीले आधुनिक गीतमा नृत्य प्रस्तुत गरेका थिए भने राष्ट्रिय गीत र लोक सांस्कृतिक गीतमा समेत नृत्य प्रस्तुत गरिएको थियोे ।

प्रतियोगितामा गायनतर्फ कक्षा ११÷१२ बाट चन्द्रज्योति अंग्रेजी विद्यालय झापा प्रथम, कर्णाली एजुकेसन फाउन्डेसन बुद्धशान्ति द्वितीय र बिर्ताज्योति अंग्रेजी विद्यालय बिर्तामोड साथै ग्लोवल एजुकेसन दमक तृतीय भए भने १२ बर्ष मुनिकाबाट कर्णाली एजुकेसन फाउन्डेसन बुद्धशान्ति प्रथम, तारापुञ्ज अंग्रेजी विद्यालय मेचीनगर द्वितीय र बुद्ध स्मृति अंग्रेजी विद्यालय बिर्तामोड तृतीय भए । त्यसैगरी, कक्षा १० सम्मको गायनमा फोनिक्स अंग्रेजी विद्यालय कमल प्रथम, जयपुर अंग्रेजी विद्यालय बुद्धशान्ति द्वितीय र प्यारागन एकेडेमी कनकाई तृतीय भएका छन् ।

नृत्यतर्फ आधुनिकमा प्यारागन एकेडेमी कनकाई प्रथम, कर्णाली एजुकेसन फाउन्डेसन बुद्धशान्ति द्वितीय र प्रगति अंग्रेजी विद्यालय तृतीय भए भने राष्ट्रियतर्फ पारिजात अंग्रेजी विद्यालय मेचीनगर प्रथम भएको छ ।

प्रगति अंग्रेजी विद्यालय अर्जुनधारा द्वितीय र नेहारीका अंग्रेजी विद्यालय कमल तृतीय भए । त्यसैगरी, लोक सांस्कृतिकमा प्यारागन एकेडेमी कनकाई प्रथम, कर्णाली एजुकेसन फाउन्डेसन बुद्धशान्ति द्वितीय र चिल्ड्रेन इरन बिर्तामोड तृतीय भएको कार्यक्रम आयोजक उपसमिति सदस्य नारायण सुवेदीले जानकारी दिए ।

प्रतियोगिताको निर्यायक मण्डलमा गायनतर्फ गायिका अन्जु गौतम र गायक तथा संगीतकार विशाल राई थिए । त्यस्तै, नृत्यतर्फ आधुनिकमा कोरियोग्राफरद्वय राज न्यौपाने र विकी घिमिरे निर्णायक थिए । राष्ट्रिय र लोक सांस्कृतिकतर्फ वरिष्ठ नृत्य निर्देशक प्रेम सुनाम र नृत्य निर्देशक मनोज राजवंशी निर्णायक थिए ।

प्रतियोगितामा प्रथम द्वितीय र तृतीय भएका विद्यालयले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगिताको हरेक विधामा प्रथम हुने विद्यार्थीहरुले प्रदेश स्तरीय प्रतियोगितामा भाग लिन पाउने प्याब्सन जिल्ला अध्यक्ष गौरीमान फागोले जानकारी दिए ।

कार्यक्रममा प्रमुख अतिथि सांसद एलपी साँवाले शिक्षा विधेयकमा भएको निजी तथा आवासीय विद्यालयलाई ५ बर्षभित्र गुठीमा लाने विषयबारे बोल्दै समितिमा हुने छलफलमा आफुले यसको विरोध गर्ने र सकेसम्म गुठीमा लाने विषयलाई हटाउने बताए ।

कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै प्याब्सन झापाका अध्यक्ष तथा कार्यक्रमका अध्यक्ष गौरीमान फागोले पढाइभन्दा पृथक क्षमता भएका बालबालिकालाई अवसर प्रदान गर्दै जानुपर्ने बताए ।  

कार्यक्रममा कनकाई नगर उपप्रमुख आशा शर्मा शिवाकोटी, प्याब्सनमा आबद्ध केन्द्रीय, प्रदेश, जिल्ला साथै जिल्लाका सबै पालिकाका शैक्षिक व्यक्ति, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, जनप्रतिनिधि, सुरक्षाकर्मी लगायतको आतिथ्यता रहेको थियोे ।

आयोजक उपसमिति संयोजक तथा प्याब्सन झापाका वरिष्ठ उपाध्यक्ष छत्रबहादुर कार्कीले उपस्थित सबैलाई स्वागत गरेको कार्यक्रमको सञ्चालन प्याब्सन जिल्ला सचिव हरिकृष्ण पाठक गरेका थिए ।