गजल
पर्दा छोडि जानेलाई आफ्नु भन्ने अधिकार राख्दिन ।
इटले हान्नेलाई फुलले हान्नु भन्ने बिचार राख्दिन ।।
कस्ले कति दियो कति लियो सब हिसाब छ ।
हेर सबैको तिर्दै जानेछु कसैको उधारोको बेपार राख्दिन ।।
मेरो खुसी सङ्ग आँसु निकै साटेका छौ ।
हेर सबै ति फिर्ता ल्याउछु तेसै तिनलाई बेकार राख्दिन ।।
म सहि गलत छुट्टाउने फैसला म खुद राख्छु ।
अरुका झिनामसिना कुराको सरोकार राख्दिन ।।
लेखक : गीता गोधुली