- सुदिप गिरी
हल्दीबारी ।
झापाकाे हल्दीबारी २ मा रहेकाे नव सृजना प्राथमिक विद्यालयका पूर्व विद्यार्थी अश्विन प्रसाद उप्रेतीद्वारा आफ्नी आमाकाे ७४ औ शुभ जन्मदिनकाे अवसरमा आफूले शिक्षा प्रारम्भ गरेकाे विद्यालयमा जन्मदिने बुबा आमा नरपति( रामप्रसाद ) र द्राैपदा उप्रेती छात्रवृत्ति अक्षयकोषकाे स्थापना गरेका छन ।
मंगलबार बिद्यालयमा एक कार्यक्रमकाे आयोजना गरि ७४ औं जन्माेत्सबकाे अवसरमा उप्रेतीले बुबाआमा नरपति( रामप्रसाद ) र द्राैपदा उप्रेती छात्रवृत्ति अक्षयकोषकाे ५१ हजार ५ सय ५५ रुपैयाँको अक्षयकोष स्थापनाको लागि विद्यालयका प्रधानाध्यापक भीम दाहाललाई रकम हस्तान्तरण गरेका हुन।
विद्यालयमा आफ्ना सपरिवार सहित उपस्थित भई प्राधानाध्यापक र अक्षयकोष दाता बिच सम्झौता समेत भएको छ। उक्त अक्षयकोषको व्याजबाट प्राप्त रकम प्रत्येक वर्ष शैक्षिक गुणस्तर बृद्वि गर्ने र छात्रवृत्ति विद्यार्थीलाई प्रदान गर्ने गरि अक्षयकोषको स्थापना गरी विद्यालय प्रअ, अक्षयकोष दाताका प्रतिनिधि र व्यवस्थापन समिति अध्यक्षलाई निर्णयिक जिम्मेवारी दिएको छ।
साेहि अवसरमा दाताकाे तर्फबाट पूर्व विद्यार्थी अश्विन प्रसाद उप्रेतीले अक्षयकोष स्थापना गरेकाे औचित्यका बारेमा, विद्यालयका पूर्व प्रधानाध्यापक भीमप्रसाद उप्रेतीले अक्षयकोष स्थापना गर्ने दाता परिवारलाई धन्यवाद सहित शुभकामना दिएका थिए । साथै शिक्षक शान्ता पाेखरेलले स्वागत तथा विद्यालयका प्रधानाध्यापक भीम दाहालले कार्यक्रम संचालन गरेका थिए ।