चारआली ।
झापाको मेचीनगर नगरपालिका–१४ प्रणामी नगरमा रहेको श्री कृष्ण प्राथमिक बिद्यालयका बिद्यार्थीलाई जाडोको न्यानो कपडा बितरण गरिएको छ । मेचीनगर–१३ मा रहेको मित्तल एग्रो प्रालिका सञ्चालकद्धय मोहनकुमार मित्तल र दिपेन्द्रकुमार अग्रवालले बिद्यालयमा अध्ययनरत ८५ जना बालबालिकालाई जाडो न्यानो कपडा स्वीटर बितरण गरेका हुन् ।
बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष अनिल ढुङ्गानाको पहलमा मारवाडी सेवा समिति बिर्तामोडका अध्यक्ष मित्तल र अग्रवालसहित मित्तिलकी दिदी, बिमलादेबी गोयल, छोरा नियल मित्तलले बालबालिकालाई स्वीटरसहित मिठाई बितरण गरेका थिए ।
बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष ढुङ्गानाको अध्यक्षता साथै स्वागत र कार्यक्रमको औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा मित्तलले अनिल ढुङ्गानाले भनेरै थाहा भएकाले बिद्यार्थीका लागि स्वीटर बितरण गर्न पाउँदा खुसी ब्यक्त गरे ।
उक्त बिद्यालयमा गरिव तथा बिपन्न परिवारका बालबालिका अध्ययनरत रहेका छन् । कक्षा नर्सरीदेखि ५ मा १०३ जना बिद्यार्थी रहेका बिद्यालयमा एक जना शिक्षक र ७ जना शिक्षिकाहरुले अध्यापन गराउँदै आएको बिद्यालयका प्रधानाध्यापक सिताराम थापाले जानकारी दिए ।
कार्यक्रममा पूर्व बिद्यार्थी समुहका अध्यक्ष मिलन शिवाकोटी, मेचीनगर–१४ का कार्यबहाक वडाध्यक्ष दीपक सुवेदी, वडा सदस्य लाल महमद, अभिभावक माधव प्याकुरेललगायतको आतिथ्य रहेको थियो । सोही कार्यक्रमकाबिच मित्तललाई बिद्यालयले उनले गरेको सामाजिक कार्यको प्रशंसा गर्दै प्रशंसा पत्रसमेत प्रदान गरेको थियो ।