बुट्टाबारी । 

झापा अर्जुनधारा नगरपालिका–११ को जुनकीरी सार्वजनिक आधारभूत बिद्यालयको नवनिर्मित भवनको उदघाटन गरिएको छ । कार्यक्रममा प्रतिनिधि सभाकि उप–सभामुख इन्दिरा राना मगरले आज (आइतवार) एक समारोहका बिच भवनको बिधिवत रूपमा उद्घाटन गरेकी हुन् । 

कार्यक्रमकी प्रमुख अतिथि रहेकी उप–सभामूख रानाले कार्यक्रममा सम्बोधन गर्दै बिद्यालय मर्ज गरेर संख्या वृद्धि गर्नु भन्दा  सानो संख्यामा रहेका बिद्यालयहरुमा रहेका विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिनु राम्रो हुने मगरले बताइन् । 

अर्जुनधारा नगरपालिकाको आर्थिक बर्ष ०७८÷७९ को बजेटबाट निर्माण भएको दुई तले ४ कोठे भवन निर्माण सम्पन्न भएको हो । कक्षा नर्सरीदेखि ५ सम्म स्थानीय समुदायका बालबालिका र बन्दी सहायता नेपालद्वारा सञ्चालित मनमाया, गंगा आमा, जगल गार्डेन ब्वाइज बाल गृहमा कारागारमा रहेका आमा बुबासँग आस्रित बालबालिकाहरुसहित १०० भन्दा बढी विद्यार्थीहरु अध्ययन गरिरहेका छ्न् । 

कार्यक्रममा मलेसियन दाता चोङ्ग लिङ्ग एन जिले प्रत्येक बर्षझै बिल बिद्यालय एवम् बालगृहमा १० थान ब्लाङ्गकेट, १५ बोरा चामल, ३ बोरा दाल, १० कार्टुन खानेतेल, ३ बोरा आलु, ३ बोरा चेना मटर लगायत सामग्री बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष एवम् पूर्वाञ्चल शाखा अध्यक्ष जगतबहादुर मगरलाई हस्तान्तरण गरिएको थियो । 

कार्यक्रममा बिशिष्ठ अतिथि अर्जुनधारा नगरपालिका ११ का वडाध्यक्ष खगेन्द्र इङ्गनाम, शिक्षासेवी हस्त परियार, महारानीगञ्ज माबिका अध्यक्ष बोलप्रसाद कोइराला, प्रधानाध्यापक मनबहादुर लिम्बु, जनप्रतिनिधि सुशीला गिरी, पूर्णबहादुर राई गंगाप्रसाद मैनाली, वीरबहादुर राइ, सामाजिक अभियान्त गणेश ढुंगाना, उमेश खरेल लगायतले शुभकामना राखेका थिए । 

बिब्यस अध्यक्ष जगतबहादुर मगरको अध्यक्षता भएको कार्यक्रममा शिक्षक सुरेखा योङ्गयाङ्गले स्वागत तथा सहजीकरण प्रधानाध्यापक रन्जित परियारले गरेका थिए ।