हल्दीबारी । 

 नेपालको प्रजातान्त्रिक आन्दोलनका अग्रणी योद्धा अमृतबहादुर आङ्देम्बेलाई परेको पत्निशोकको नवौं पुण्यतिथिमा नेपाली कांग्रेसले शोकसभा सम्पन्न गरेको छ । झापा हल्दीबारी–५ निवासी आङ्देम्बेकी श्रीमती नरिमाया फागो आङदेम्बेको ८१ बर्षको उमेरमा निधन भएको थियो । नेपाली कांग्रेसले आङदेम्बेको घरमै पुगेर शोकसभा सम्पन्न गरेको हो ।

नेपाली कांग्रेसले तत्कालीन पञ्चायती शासनसत्ताका विरुद्ध २०१८ सालमा सशस्त्र संघर्ष गरेको थियो । त्यसबेला मुक्तिसेनाका रुपमा सक्रिय आङ्देम्बेलाई चारसरकारका उपनामले समेत चिनिन्छ । त्यससमय महामानव वि।पी। कोइराला, अग्रज प्रजातान्त्रिक योद्धाहरु भूविक्रम नेम्बाङ, देवान दोर्जे, प्रेमराज आङदेम्बे, मच्छिन्द्रबहादुर केरुङ लगायतका नेताहरुको निकटतम रहेर उनले नेपालको प्रजातान्त्रिक आन्दोलनमा सक्रिय थिए । तत्कालीन समयमा पाँचथरको नवमीडाँडा–८ निवासी आङ्देम्बे र पाँचथरकै लुङरुप्पा ४ निवासी नरीमाया फागो २०१८ सालमा विवाह वन्धनमा बाँधिएका थिए। उनको परिवार लामो समयदेखि झापाको हल्दीबारीमा बसोबास गर्दै आएको छ ।

शोकसभामा नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले अमृत आङ्देम्बेले नेपाली राजनीतिमा पु¥याएको योगदानको चर्चा गर्दै पत्नी एवं मातृ वियोगमा रहरेका शोकाकुल परिवारजनमा गहिरो समवेदना ब्यक्त गरे ।

स्वर्गीय नरिमायाका छोराबुहारीहरु आसमति, नरविर–विष्णुकुमारी, हर्कबहादुर–फूलमाया, हस्तबहादुर, विष्णु–निर्मला आङदेम्बे एवं छोरी–ज्वाईहरु टिकामाया–कविर लिम्बू, श्रीमाया–सूर्य तामाङ एवं ११ नाती, ६ नातिनी, २ पनाति, ६ पनातिनी रहेका छन् । शोकसभामा नेपाली कांग्रेस झापाका सचिव नवीन विमली, जिल्ला सदस्यहरु, महाधिवेशन प्रतिनिधिहरु, क्षेत्र, गाउँ÷नगर र वडा समितिमा आबद्ध कांग्रेस कार्यकर्ताको बाक्लो उपस्थिति थियो ।

कांग्रेस हल्दीबारीको गाउँ भेला

 नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले जनताको आवश्यकता पहिचान गरेर विकास निर्माणका योजना बनाउन आग्रह गरेका छन् ।  नेपाली कांग्रेस हल्दिबारी गाउँ समितिको भेलालाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै  सभापति थेवेले यसरी बनाइएका योजना कार्यान्वयनका लागि सम्बन्धित निकायमार्फत आफूले पहल गर्ने आश्वासन दिएका हुन् ।

नेपाली कांग्रेसले गत असोज ७ गतेदेखि शुरु गरेको सयदिने विशेष सांगठनिक अभियान अन्तरगत झापाका अधिकांश वडाहरुको भेला सकेर गाउँ÷नगर भेला शुरु भएको हो । यसै अभियान अन्तरगत हल्दिबारीमा सम्पन्न गाउँभेलामा नेपाली कांग्रेस झापाका सचिव नवीन विमली, जिल्ला प्रतिनिधि एवं २ नम्बर क्षेत्रीय सभापति खगेन्द्र मैनाली, महाधिवेशन प्रतिनिधि उर्मिला गौतम, क्षेत्र नम्बर–३ प्रदेश ख का सभापति तुलसीप्रसाद ओली, भुपाल बस्नेत लगायतले शुभकामना मन्तब्य राखेका थिए । 

मन्तब्य राख्ने अधिकांश बक्ताहरुले सयदिने विशेष सांगठनिक अभियानले वडादेखि जिल्लातहसम्म भएका कमी–कमजोरी पहिचान गरेर संगठन मजबुद बनाउने अवसर प्रदान गरेको बताएका थिए । नेपाली कांग्रेस हल्दिबारीका उपसभापति होम चुडालको सभापतित्वमा सम्पन्न कार्यक्रममा खड्ग लावतीले स्वागत गरेका थिए भने सञ्चालन तारा ढुङ्गेलले गरेका थिए ।