विर्तामोड । 

झापाको विर्तामोडमा आयोजित एक भेलाका सहभागी बक्ताहरुले नेपालको राजनीतिक परिवर्तनमा नेतृत्वदायी भूमिका खेल्ने पार्टी नेपाली कांग्रेस मात्रै रहेको धारणा राख्दै यसको विकल्प नखोज्न आग्रह गरेका छन् ।

नेपाली कांग्रेस अर्जुनधारा नगरपालिका ६ नम्बर वडा समितिद्वारा आयोजित वडाभेलाका सहभागी बक्ताहरुले नयाँ भनिएका शक्तिहरु पनि भ्रष्टाचारको दलदलमा फस्दै गएको बताउँदै कांग्रेसको विकल्प नभएको बताएका हुन् ।

६ नम्बर वडा समितिका सभापति नेत्रप्रसाद विमलीको अध्यक्षता र जिल्ला प्रतिनिधि एवं महासमिति सदस्य दिपक तामाङको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमका सहभागी बक्ताहरुले  यस्तो आग्रह गरेका हुन् ।

कार्यक्रममा प्रमुख अतिथि तामाङ, महाधिवेशन प्रतिनिधि पाण्डवलाल चौधरी, नेपाली कांग्रेस झापाका सदस्य रश्मिशेखर सुवेदी, २ नम्बर क्षेत्रीय सभापति खगेन्द्र मैनाली, बुद्धशान्ति गाउँपालिकाका सभापति चक्र शेर्मा, अर्जुनधारा ६ नम्बर वडाध्यक्ष हरिश्चन्द्र बास्तोला, नेपाल महिला संघ अर्जुनधारा ६ नम्बर वडा अध्यक्ष मिना चुडाल, प्रदेश प्रतिनिधि मिनु ओली, १ नम्बर टोल सभापति दिपेन्द्र कडेल, बासुदेव ढुङ्गेल लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

वडा उपसभापति राम कटुवालले स्वागत मन्तब्य राखेको कार्यक्रमको सञ्चालन सचिव टंक भण्डारीले गरेका थिए।  वडा भेलाले अध्यक्ष विमलीले प्रस्तुत ग गरेको  सांगठनिक प्रतिवेदन सर्वसम्मत पारित गरेको छ । प्रतिवेदनमा वडाले गरेका सार्वजनिक महत्वका सामाजिक कार्यक्रम, सांगठनिक कार्यक्रम, बैठक एवं आगामी योजना समेटिएका छन् ।