बिर्तामोड ।
साहित्य चौतारी झापाले स्वरसम्राट नारायण गोपाल गुरुवाचार्यको ३४ औं पुन्य स्मृतिमा संस्था तथा सर्जकहरुलाई सम्मान गरेको छ । साहित्य चौतारीले बिर्तामोडस्थित कार्यालयमा आज (बुधवार) मासिक साङ्गीतिक काव्यसभा, स्वरसम्राट नारायण गोपाल गुरुवाचार्यको ३४ औं पुन्य स्मृतिराष्ट्रिय अपाङ्ग दिवसको अवसर पारेर पाँच वटा संस्थासहित सर्जकहरुलाई सम्मान गरेको हो ।
साहित्य चौतारीले सर्जकहरु प्राज्ञ कोमल निरौला, सर्जक जीवन अधिकारी, प्राज्ञ सुमित्रा बाङ्देन (चेली), प्राडा. देबी नेपाल र कोपिला गौतम पण्डीत, पदमप्रसाद अधिकारी र समिर खरेललाई सम्मान तथा अभिनन्दन गरेको छ ।
यसैगरी साहित्य सङ्गम आठराई तेह«थुम, इलाम साहित्य संस्कृति कला प्रतिष्ठान, कन्चनजंगा साहित्यिक प्रतिष्ठान ताप्लेजुङ, जयन्द्र प्रसाई साहित्य सेवा कोष बिर्तामोड र कनकाई प्रतिभा प्रतिष्ठान कनकाईलाई सम्मान तथा अभिनन्दन गरेको छ ।
संस्थाका अध्यक्ष देबीभक्त श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा इतिहास बिद प्रकाश सायमीको प्रमुख आतिथ्य रहेको थियो । स्वागत संस्थाका उपाध्यक्ष तथा कार्यक्रमका संयोजक हिम्मत नेम्वाङले गरेको कार्यक्रमको सञ्चालन सचिव तुलसीप्रसाद निरौलालले गरेका थिए । कार्यक्रममा बिभिन्न सांस्कृतिक कार्यक्रमसमेत गरिएको थियो ।