झापा। 

मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदका लागि भएको उप–निर्वाचनमा माओवादी जीत नजिक रहेको छ । जारी मतगणना अनुसार उनले ६ हजार २८० मत ल्याएर जितनजिक पुगेपछि माओवादी कार्यकर्ताहरूले अबिर जात्रा शुरु गरेका छन् ।

पछिल्लो मतपरिणाम अनुसार नेकपा माओवादी केन्द्रका उम्मेदवार नमो नारायण माझीले अग्रता कायम राखेका छन् ।  उनले ६,२८० मत ल्याएका छन् । 

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बलराम सरदार थारुले ४ हजार ७११ मत ल्याएका छन् । नेकपा एमालेका तुलसी राम विश्वास ३ हजार २६६ मतसहित तेस्रो स्थानमा छन् ।