बिर्तामोड ।
बिर्तामोड नगरपालिका वडा नम्बर ७ को विरानमा रहेको लक्ष्मी आधारभूत विद्यालयमा रु १० लाख रुपैयाँको अक्षयकोष जम्मा भएको छ ।
बिर्तामोड १ निवासी विष्णुप्रसाद भेटवाल र अमरदिप भेटवालले आइतबार सो विद्यालयमा आयोजित कार्यक्रममा दुई पक्षीय करारनामामा हस्ताक्षर गरी रु १० लाखको चेक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मेदिनी न्यौपाने र सो विद्यालयका प्रअ गेहनाथ लामिछानेलाई हस्तान्तरण गरेका छन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बिर्तामोड नगरपालिका वडा नम्बर ७ का वडा वडा अध्यक्ष कृष्णप्रसाद खरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
विद्यालयका प्रधानाध्यापक गेहनाथ लामिछानेले कार्यक्रमको औचित्य प्रस्तुत गरेका थिए भने योग गुरु विष्णु भट्टराई, समाजसेवी केशव कार्की, घनश्याम भण्डारी, हरिराज ओझा, अनिता शिवाकोटी, माधव विद्रोहीलगायतले आ आफ्ना धारण राखेका थिए ।