सुरुङ्गा ।
झापाको कनकाई नगरपालिका वडा नम्बर ६ को वडाध्यक्ष स्वतन्त्र उम्मेद्वार लक्ष्मीप्रसाद ओली निर्वाचित भएका छन् । वडाध्यक्ष पदका लागि भएको निर्वाचनको मतगणनाको अन्तिम मतपरिणाम अनुसार ४९३ मत ल्याएर उनी निर्वाचित भएका हुन् ।
उनका निकटतम् प्रतिष्पर्धी नेकपा एमालेका उम्मेद्वार तुलाराम बस्नेतले ३५६, नेपाली कांग्रेसका रामगोपाल ओलीले ३१७, माओवादी केन्द्रका गणेशबहादुर थापाले २७७ र राप्रपाका नारायण निरौलाले २६,नागरिक उन्मुक्ति पार्टीकी जमुना राजबंशीले ६ मत प्राप्त गरेका थिए ।
यसैगरी मंगोल नेशनल अर्गनाइजेसनका पदमबहादुर तामाङले २०, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका दलबहादुर श्रेष्ठले २ र जनमत पार्टीका शुकलाल राजबंशीले ९ मत ल्याएका छन् । कुल १५१३ मत खसेकोमा १५०६ मत सदर भएको थियो ।