अर्जुनधारा ।
शिक्षा युवा तथा खेलकुद शाखा समूह बिद्यालय अर्जुनधाराले ध्यान योग स्वजागरण कार्यक्रम सम्पन्नसँगै नव प्रधानाध्यापकलाई स्वागत गरेको छ । जीवन बरदान प्रतिष्ठानले विद्यार्थी एवम् शिक्षकहरुका लागि अति आवश्यक ध्यान योगको प्रशिक्षण प्रदान गरेको छ ।
आफ्ना बालबालिकाहरुलाइ ध्यान दिएर पढनु भने उनिहरुले के साच्चै ध्यान दिएर पढदै छन त ? ध्यान दिएर पढन त बिषय हुनु जरुरी छ, त्यस कारण जीवन बिज्ञानका बारे हामीले आफैलाई आफुले कति बुझ्न सकियो शरीरका अङ्गहरुले हामीलाई चलाएका हुन् कि हाम्रो मनले अङ्ग चलाएको हो, यो बुझाइ पहिला स्पष्ट हुन जरुरी छ ।
ध्यान योग दैनिकी बिद्यालयको कक्षाकोठा हुनु जरुरी छ, जसमा उठेर ताली बजाउने, नमस्कार प्रणायम गर्ने, रमाउने हसाउने र बसेर ध्यान गर्ने हिजो पढेका कुरा सम्झिन लगाउने करिब यो प्रक्रिया ५ मिनेट गर्नाले विद्यार्थीमा ताजगी र सक्रियता साथ पढाइमा सहभागी हुने भएको तनावबाट मुक्त हुँदै सहज जिवनको मार्ग प्रसन्न हुने शिक्षा बिकास तथा समन्वय इकाई प्रमुख देवेन्द्र मल्लले बताए।
ध्यान योग सम्पूर्ण पालिकामा पुर्याउने जानकारी उनले गराए । कार्यक्रम जीवन बरदान प्रतिष्ठानका कल्याण मित्र प्रतिनिधि लक्ष्मण न्यौपाने र सुमना दाहालले प्रशिक्षण गराएका थिए ।
कालिस्थान माध्यमिक बिद्यालयमा सञ्चालित कार्यक्रममा अरुणोदय आधारभूत बिद्यालय एवम् लक्ष्मी आधारभूत बिद्यालयका नव प्रधानाध्यापक पुष्पलाल गिरी र देबिनारायण बिष्टलाई नेपाली टोपी लगाए फुलगुच्छाले स्वागत तथा सफल कार्यकालको स्वागत गरिएको थियो ।
बिदाइ समितिका अध्यक्ष मनबहादुर लिम्बू, शिक्षा बिकास तथा समन्वय इकाई प्रमुख देवेन्द्र मल्ल, प्रधानाध्यापक रुपक दाहाल, बिनोद गौतम, सुजाता शिवाकोटी, केदारनाथ पोख्रेललगायतले शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रमको अध्यक्षता जेष्ठ प्रधानाध्यापक इन्द्र उप्रेतीले गरेको कार्यक्रममा शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख उप–सचिव तोयानाथ रेग्मीको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रमको सहजीकरण शिक्षा शाखाकि प्राबिधिक सहायक समिरा दाहालले गरेकी थिइन् ।