विराटनगर । 

व्यवसायिक संस्था आकृति एडमर्टाइजिङका सञ्चालक मनोज चौहानले विराटनगर– ५ स्थित सिद्धकाली आधारभूत विद्यालयका एक सय भन्दा बढी विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेका छन् । 

आफ्नो ५१ औं जन्मोत्सवको अवसरमा उनले विद्यालयका साना विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेर मनाएका हुन् । विराटनगरका उद्योगी एवम् समाजसेवीको रुपमा समेत परिचित चौहानले विद्यार्थीहरुकै माझमा आफ्नो जन्मदिन मनाउँदै केक काटेर साना विद्यार्थीहरुलाई केक खुवाएका थिए । 

विराटनगर ५ स्थित दामाबन्दीमा रहेको उक्त विद्यालयमा विद्यार्थीहरुले विद्यालय छोड्ने र विद्यालयमा उपस्थित नहुने समस्या बढी देखिएको छ । विद्यार्थीहरुलाई विद्यालय नियमित आउन अभिप्रेरित गर्न चौहानले विद्यार्थीहरुलाई आफ्नो जन्मदिनको अवसरमा न्यानो कपडा उपलब्ध गराएको सकेको सहयोग गर्ने प्रयत्न गरेको बताए ।