लक्ष्मीपुर ।
नेकपा (माओवादी) केन्द्र र नेकपा (एकीकृत समाजवादी) झापाको बीच पाँच बुँदे सहमति भएको छ । आसन्न मंसीर १६ गते हुने स्थानीय तहको उप–निर्वाचनको लागि दुई राजनीतिक दलबिच सहमति भएको हो ।
आगामी मसिर १६ गते देश भरका ३४ वटा स्थानीय तहमा उप–निर्वाचन हुन गइरहेको कनकाई नगरपालिका वडा नम्बर ६ मा नेकपा (माओवादी) का तर्फबाट अध्यक्षमा गणेश थापाले उम्मेदुवारी दिएका छन् उनलाई एसले समर्थन गर्ने गरी सहमति भएको छ ।
पाँच बुँदे सहमतिमा नेकपा (माओवादी केन्द्र) झापाका तर्फबाट संयोजक राजु आचार्य (अग्नि) र नेकपा (एकीकृत समाजवादी) का तर्फबाट झापा अध्यक्ष बेधराज रेग्मीले हस्ताक्षर गरेका छन् । दुई राजनीतिक दलबिच आज (शुक्रवार) सहमति भएको हो ।
आसन्न मंसिर १६ गतेको निर्वाचनमा कनकाई–६ मा नेकपा (माओवादी केन्द्र) का उम्मेद्वार गणेश थापालाई नेकपा (एकीकृत समाजवादी) ले समर्थन गर्ने, उक्त वडामा नेकपा एसले उम्मेद्वारी नदिने, चुनाव प्रचार प्रसारको लागि दुवै पार्टीको तर्फबाट संयुक्त प्रचार–प्रसार समिति निर्माण गरी परिचालन गर्ने सहमति भएको छ ।
यसैगरी आगामी दिनमा दुवै राजनीतिक पार्टीको बिचमा आपसी सहकार्यलाई निरन्तरता दिने र यो सहमतिका वारेमा दुवै पार्टीको प्रदेश कमिटी र केन्द्रिय कमिटीलाई जानकारी गराउने सहमति भएको सहमति पत्रमा उल्लेख छ । मंसिर १६ गते देश भरका ३४ वटा स्थानीय तहमा उप–निर्वाचन हुने भएको छ ।