दमक ।
शिक्षा सुधारका लागि कोशी प्रदेश सरकारले चाडै नै शिक्षा नीति लिन लागेको कोशी प्रदेश मुख्यमन्त्रि हिक्मत कुमार कार्कीले बताएका छन् । आज (शनिबार) झापाको दमकमा सुरु भएको नेपाल अंग्रेजी झाषा शिक्षक संघ नेल्टाको कोशी प्रदेश सम्मेलन तथा गोष्ठीको उद्घाटन गर्दै मन्त्रि कार्कीले सो कुरा बताएका हुन् ।
कोशी प्रदेश सरकारले शिक्षाको गुणस्तर बृद्धि गर्न अहिले अध्ययन तथा छलफलमा रहेको र आउदो आर्थिक वर्षमा शिक्षा निती ल्याएर शिक्षामा सुधार गर्न कोशी प्रदेश सरकार योजनावद्ध रुपमा लाग्ने मन्त्रि कार्कीले प्रष्ट पारे ।
मुख्यमन्त्रि कार्कीले विद्यार्थी संख्या कम रहेको विद्यालयलाई गाबेर विद्यालयको भौतिक सुधार गर्न सकेमात्र राम्रो परिणाम आउने पनि उनले बताए। गुणस्तर शिक्षाको लागि शिक्षक, सरकार, विद्यार्थीसंगै अभिभावकको भूमिका पनि महत्वपूर्ण हुने बताए।
कोशी प्रदेशको १४ जिल्लाका अंग्रेजी भाषाका छ सय बढि शिक्षकहरुको उपस्थिती रहेको सम्मेलनमा अंग्रेजी भाषामा नयाँ प्रविधिको प्रयोग, एआईको विषयमा पनि छलफल गरिनेछ । यसै गरि स्थानीय स्तरमा अंग्रेजी भाषाको अवस्था, शसक्तिकरण र समावेशीका विषयमा पनि छलफल गरिने बताईएको छ ।
नेल्टा कोशी प्रदेशले आयोजना गरेको यस सम्मेलनमा अमेरिकी दुतावास अंग्रेजी भाषा विभाग प्रमुख रोजर कोहन, ब्रिटिश काउन्सिलका फोनिक्स केनी, काठमाडौं युनिभरसिटिका डिन प्रोफेसर डाक्टर वालचन्द्र लुईटेल प्रमुख प्रशिक्षक सहित ८७ जनाले प्रशिक्षण दिने नेल्टा कोशी प्रदेशका बरिष्ठ उपाध्यक्ष धमेन्द्र भट्टराई (मामा) ले बताए। ५१ वटा सत्रमा चल्ने दुई दिने सम्मेलन २५ गते सम्पन्न हुनेछ ।