बिर्तामोड । 

झापाको बिर्तामोडमा मन्टेश्वरी शिक्षकहरुका लागि दुई दिने तालिम शुरु भएको छ । बिर्तामोड–३ को लिंकन मन्टेश्वरी स्कुलको आयोजनामा आज (शुक्रवार) बाट तालिम शुरु भएको हो । 

मन्टेश्वरी शिक्षिकाहरुको क्षमता अभिबृद्धि गर्ने उदेश्यले शुरु गरिएको तालिममा झापाका पाँच वटा बिद्यालयका शिक्षिका हरुको सहभागीता रहेको छ । तालिमको उद्घाटन न्युटन्स एजुकेशन फाउण्डेशनका प्रिन्सिपल देबेन्द्र हुँमागाई गरेका छन् । तालिममा बिर्तामोड नगरको लिंकन मन्टेश्वरी, ब्राइटर फ्युचर, शिक्षा शिकोप, निदी र कनकाई नगरको फक्तालुङ बिद्यालयका मन्टेश्वरी शिक्षिकाहरुको सहभागीता रहेको छ । 

lincon

तालिममा शिक्षिकाहरुलाई मन्टेश्वरी शिक्षण पद्धति तथा बालविकास क्रियाकलाप सम्बन्धी जानकारी गराइने पाटन शिक्षण तालिम केन्द्र ललीतपुर नेपाल सरकार शिक्षा मन्त्रालय सिटीइभिटी रोस्टर, बालविकास तथा आधारभूत तह प्रशिक्षक जनक पराजुलीले जानकारी दिए । सहभागी प्रशिक्षार्थीहरुलाई प्रशिक्षक पराजुली र अर्का प्रशिक्षक मिश्रा अधिकारीले सहजीकरण गर्नेछन् । 

लिंकन मन्टेश्वरी बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष दिनेश ओझाको अध्यक्षतामा भएको तालिमको उद्घाटन कार्यक्रममा मनकामना स्कुलका प्रिन्सिपल केशव ढुङ्गाना, निदि बिद्यालयका प्रिन्सिपल भिष्म प्रसाईलगायतको आतिथ्य रहेको थियो । स्वागत बिर्तामोड–३ का वडा सदस्य हरि बास्कोटाले गरेको कार्यक्रमको सञ्चालन लिंकन मन्टेश्वरीका सञ्चालक सरोज पौडेलले गरेका थिए । तालिम भोली समापन हुनेछ । तालिममा २० जनावढी शिक्षिकाहरुको सहभागीता रहेको छ ।