झापा ।
पहिचानवादी मोर्चा संघीय समितिले सल्लाहकार र संघीय सदस्यहरु मनोनयन गरेको छ । मेचीका संयोजक प्रा.डा. महेन्द्र लावतीको अध्यक्षतामा बसेको मोर्चाको पूर्ण बैठकले सल्लाहकार र संघीय सदस्यहरु मनोनयन गरेको हो ।
बैठकले सल्लाहकार समितिमा प्राडा. ग्यानेस लामा, क्यालिफोर्निया अमेरिका, अधिवक्ता निरन्जन ’नीर’ अधिकारी, वासिङ्टन डिसी अमेरिकालाई मनोनित गरेको छ ।
यसैगरी बैठकले मोरङका ज्ञानबहादुर गुरुङको सह–संयोजकत्वमा ९० सदस्यीय संघीय सदस्य मनोनित गरेको छ । पहिचानबादीको बुधवार बसेको बैंठकले सवै जिल्ला र क्षेत्रलाई समेटेर सदस्यहरु मनोनित गरेको बिज्ञप्ती जारी गरी जनाएको हो ।
संघीय सदस्यमा झापाबाट दिलकुमार लावती, त्रिनारायण राजवंशी, भानु भट्टराई, धनबहादुर पन्धाक, दुर्गादेबी लिम्बु, ज्वाला इम्वुङ, मोहनकुमार लिम्बु माबो, बुद्धिमान तामाङ, थीरबहादर खवास, इन्द्रबहादुर लिम्बु, करण शेर्पा, सुनिल राई, चन्द्रमाया लिम्बु, डिकराम फागो, बुद्धिमान खोयहाङ, सुरेश लावती, कोपिला लावती, पुर्णिमा आङदेम्बेलगायत मनोनित भएका छन् ।