सुरुङ्गा । 

झापाको कनकाई नगरपालिकामा राजनीतिक प्रतिशोध विरुद्धको ऐक्यवद्धताका लागि जन–प्रदर्शन गरिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कनकाई नगर समतिको आयोजनामा सुरुङ्गामा  आज (बुधवार) ऐक्यवद्धताका लागि जन–प्रदर्शन गरिएको हो । 

सरकारको चाबी कहाँ छ ?, बिचौलियालाई थाहा छ, सहकारी पिडीतलाई न्याय दे,  दुई तिहाइ तिम्रो पारारे दुःख पायो सारालेलगायतका नारासहित सुरुङ्गाको ट्राफिक चोकबाट शुरु भएको र्याली सुरुङ्गाचोकमा आएर कोणसभामा परिणत भएको थियो । 

रास्वपाका नगर सभापति नन्दकुमार चुडालको नेतृत्वमा भएको र्यालीमा करिव एक सय जनाको सहभागीता रहेको थियो ।  कार्यक्रममा सामाजिक ब्यक्तित्व तथा स्वतन्त्र समुहका तर्फबाट शेरबहादुर थापाले साथ र सहयोग रहने प्रतिवद्धता गरेका छन् ।  

कार्यक्रममा भद्रपुर नगरपालिका नागरिक समाजकाप्रेम खनालले २४ गतेबाट काठमाडौ केन्द्रित आन्दोलनको तयारीमा रहेको बताए । रास्वपाका कमल कोशी प्रदेश प्रवत्ता मैनाली चाडवाड सकिएपछि अझ सससक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् ।