बिर्ताबजार । 

ग्लोरी अंग्रेजी माध्यमिक बिद्यालयले प्राचिन महत्वका सामाग्री प्रदर्शनी तथा साँस्कृतिक कार्यक्रम गरेको छ ।  झापाको बिर्तामोड–४ बिर्ताबजारमा सञ्चालनमा रहेको बिद्यालयले आज (बुधवार) शुभ–दीपावलीको अवसर पारेर शुभकामना आदान—प्रदानसहित प्राचिन सामाग्री प्रदर्शनी तथा साँस्कृतिक कार्यक्रम गरेको हो । 

glory 1

प्राचिन महत्वका लोप हुँदै गएका सामाग्रीको संरक्षण साथै बिद्यार्थीहरुलाई जानकारी गराउने उदेश्यले उक्त सामाग्रीको प्रदर्शनी गरिएको बिद्यालयका ब्यवस्थापक सन्तोष प्रसाईले जानकारी दिए । 

प्राचिन महत्वका सामाग्री प्रदर्शनीमा ढिकी, जाँतो, तुलो, हर्पे, फिपी, गन्द्री, मान्दो, गजेरा, थैली, हलो, जुवा, पटा, ठेकी, फ्याउरी, ओखल, फरुवा, कोदालो, ढोक्सा, टोलङ, डोको, खटिया, मादल, टोक्सा, अचानो, खुर्पालगायतका बिभिन्न सामाग्रीको कार्यक्रममा प्रदर्शन गरिएको थियो । 

सोही कार्यक्रमकाबिच अन्तर सदनात्मक सांस्कृतिक कार्यक्रम गरिएको थियो । बिद्यार्थीहरुले तिहारको देउसीभैलोलगायतका गीतमा नृत्य प्रस्तुत गरेका थिए । सांस्कृतिक कार्यक्रममा पहिलो, दोस्रो र तेस्रो हुने बिद्यार्थीलाई पुरस्कार स्वरुप ट्रफी र प्रमाणपत्र प्रदान गरिने ब्यवस्थापन प्रमुख सन्तोष प्रसाईले बताए । सांस्कृतिक कार्यक्रमका लागि शिक्षक शेखर खरेल र किरण राजवंशीको निर्णयक मण्डल रहेको बताइएको छ । 

बिद्यालयका प्रधानाध्यापक शानबहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत शिक्षिका तारा लावतीले गरेकी थिइन् भने सञ्चालन शिक्षक पुन्यप्रसाद सुवेदीले गरेका थिए । 

कक्षा नसंरीदेखि १० सम्म अध्यापन हुने उक्त बिद्यालयमा ५ सय ५० जना बिद्यार्थी अध्यापन रहेका छन् भने ३० जना शिक्षकशिक्षका रहेको बिद्यालय ब्यवस्थापन पक्षले जनाएको छ ।