बिर्तामोड । 

नेपाल महिला संघका केन्द्रीय अध्यक्ष उषा राउत मिश्रले राणाकालीन निरंकुशताको अन्त्यका लागि संघर्ष गरेको महिला संघलाई सशक्त र सुदृढ बनाउन सकेमात्र नेपाली काङ्ग्रेस पार्टी बलियो हुने बताएकी छन् ।

नेपाल महिला संघ झापाको आयोजनामा नेपाली काङ्ग्रेस जिल्ला पार्टी कार्यालय बिर्तामोडमा सप्पन्न कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष राउतले यस्तो धारणा राखेकी हुन् ।  महिलाहरूको सशक्तीकरण र क्षमता अभिबृद्धिका लागि पार्टीको साथ अपरिहार्य भएको उहाँको धारणा थियो ।

महिला संघको बिधानमा रहेका कतिपय प्राबिधिक त्रुटीहरुलाइ सच्याउने प्रक्रियाका लागि पार्टीसँग समन्वय भइरहेको जानकारी दिदै उनले तिहारपछि सबै तहको अधिबेशन मिति तय गरिने बताइन् । 

अधिबेशनका लागि आधार मानिने कृयाशिल सदस्यता नवीकरण र नयाँ क्रियाशिल बितरण कार्य तीब्र बनाउन उनले संघका सबै तहलाइ आग्रह समेत गरिन् ।

कार्यक्रममा बोल्दै नेपाली काङ्ग्रेस झापाका सचिब कृष्ण हुमागाँईले नेपाल महिला संघलाई सशक्त बनाउन झापामा पार्टीले सहयोग गरिरहेको बताए । नेपाल महिला संघ झापाका अध्यक्ष टीका सिटौला मैनालीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सन्चालन सहसचिव गिता ओडारी खरेलले गरेकी थिइन् ।