झापा । 

सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई हिरासतमा राख्ने म्याद सात दिन थप भएपछि रास्वपाले आन्दोलनलाई काठमाडौं केन्द्रित गर्ने भएको छ । 

गत शनिबारदेखि पोखरा केन्द्रित प्रदर्शन गरिरहेको रास्वपाले शुक्रबार अपराहन्न १ बजे माइतीघरमा प्रदर्शन गर्ने जानकारी दिएको छ । गत शुक्रबार काठमाडौंबाट पक्राउ परेका रवि हाल कास्की प्रहरीको हिरासतमा छन् । पहिले ६ दिन हिरासतमा राख्न अनुमति दिएको जिल्ला अदालत कास्कीले  थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ । 

सडक प्रदर्शन गरेर लामिछानेलाई छुटाउने प्रयास गरेको रास्वपाले पोखरामा स्थानीय जनताको साथ पाउन सकेको थिएन । स्थानीयको सहभागिता नभएपछि रास्वपाका नेताहरुले घरदैलो समेत गरेर भीड जम्मा गर्ने प्रयास गरेका थिए ।

 तर, त्यो पनि असफल भएपछि अब उनीहरुले काठमाडौंमा प्रदर्शन गर्ने भएका हुन् । रास्वपाले लामिछानेलाई राजनीतिक प्रतिशोधमा पक्राउ गरेको आरोप लगाउदै आएको छ । फाइल तस्वीर