बिर्तामोड । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा निवर्तमान गृहमन्त्री रवि लामिछानेलाई पक्राउ गरेको बिरोधमा कार्यकर्ताले झापाको बिर्तामोडमा प्रर्दशन गरेका छन् । 

रास्वपा झापाले आज (शनिवार) बिर्तामोडमा र्यालीसहित बिरोध प्रदर्शन गरेको हो । झापाको बिर्तामोडमा बिभिन्न नारासहितको प्लेकार्डसहित भेला भएका रास्वपाका नेता तथा कार्यकर्ताले सरकार बिरुद्ध चर्को नाराबाजी गर्दै र्याली गरेका थिए । 

उनीहरुले ‘तपाईको हातमा तस्करले दिएको करडौंको घडी, रवीको हातमा चाही हातकडी, दुई तिहाईको दम्भ, कहिलेसम्म, सहकारी पिडीतलाई न्याय दे, निर्दोषलाई झोस्ने, दोषीलाई पोस्ने काम बन्द गर, ६० हजार ऋण नेपालीको ठाउँकोमा केपी बा तिम्रो किड्नी फेर्नलाई हो, रवीको पक्राउ भष्ट्राचार बिरुद्ध बोल्नेको मुख थुन्नु हो, मान्छे बेच्न होइन, बचाएर राजनीतिक गरेका हौं’ लगायतका नाराबाजी गर्दै नेता तथा कार्यकर्ताले र्याली गरेका थिए । 

बिर्तामोडको मुक्तिचोकबाट शुरु भएको नाराबाजीसहितको र्याली गिरीबन्धु टि–स्टेटमा पुगेर कोणसभामा परिणत भएको थियो भने पुनः मुक्तिचोकमा आएर कोणसभा गरेर बिरोध कार्यक्रम सम्पन्न भएको थियो । 

कोणसभामा रास्वपाका कोशी प्रदेश इन्चार्ज ओम भण्डारी, क्षेत्र नं. २ का सभापति कमलमोहन उप्रेती, झापा सभापति उमेश खरेललगायतले आ–आफ्नो भनाई राखेका थिए ।