बिर्तामोड। 

साहित्य चौतारी बिर्तामोड झापा नेपालले झापाका अग्रज पत्रकार, साहित्यकारबाट दशैंको टीका लगाई आशीर्वाद ग्रहण गरी यसवर्षको दशैंलाई विदाई गरेको छ ।

साहित्य चौतारी बिर्तामोड झापा नेपालका संस्थापक संरक्षक तथा अध्यक्ष देवीभक्त श्रेष्ठको नेतृत्वमा गएको टोलीले अग्रज पत्रकार  तथा संस्थाका अभिभावक नकुल काजी र पूर्वका मोतीरामको रूपमा परिचित अग्रज साहित्यकार  तथा संस्थाका संस्थापक सल्लाहकार चूडामणि रेग्मीको हातबाट टीका लगाई आशीर्वाद ग्रहण  गरी  यसवर्षको दशैंलाई विदाई गरेको हो ।

साहित्य चौतारीले गत २०७४ सालको कोजाग्रत पूर्णिमाको दिन संस्थाका संस्थापक प्रमुख अतिथी राष्ट्रकवि माधवप्रसाद घिमिरेको हातबाट दशैंको टीका लगाई आशीर्वाद ग्रहण गरेको संस्थाका अध्यक्ष देवीभक्त श्रेष्ठले बताए।

यस वर्ष पनि उक्त कार्यलाई निरन्तरता दिंदै  गत असार ३१ गते संस्थाको रजत बर्ष महाअभियान समापनको अवसरमा रथारोरहणसहित नागरिक अभिनन्दन गरिएका अग्रज पत्रकार नकुल काजी र पूर्वका मोतीरामको रूपमा परिचित अग्रज साहित्यकार चूडामणि रेग्मीको हातबाट टीका लगाई आशीर्वाद ग्रहण गरिएको उनले बताए।

दशैंमा आफूभन्दा ठूलाबडासँग टीका लगाई आशीर्वाद ग्रहण गर्ने परम्परा अनुसार साहित्य चौतारीले पनि  संस्थामा आवद्ध अग्रज पत्रकार र साहित्यकारबाट टीका लगाई आशीर्वाद ग्रहण गर्ने परम्परालाई निरन्तरता दिइएको उनको भनाई छ।

संस्थाका अध्यक्ष देवीभक्त श्रेष्ठको  अध्यक्षता  तथा अग्रज साहित्यकार चूडामणि रेग्मीको प्रमुख आतिथ्यमा रेग्मी निवास झर्रो नेपाली घरमा भएको कार्यक्रममा  अध्यक्ष श्रेष्ठ र संस्थाका  पदाधिकारीहरूले साहित्यकार रेग्मीलाई टीका,माला,खादा,टोपी लगाईदिएर आशीर्वाद ग्रहण गरेका थिए।  अध्यक्ष श्रेष्ठले भानुभक्तिय रामायणको एकदिन नारद ।। , माधवप्रसाद घिमिरेको  नेपाली हामी ।। र  अध्यक्ष श्रेष्ठ र गायिका कमला प्रधानले बिछोडको पीडा, कमला प्रधानले फरिया ल्याई दिएछन् बोलको गीत गाएर मनोरञ्जन गराएका थिए।

साहित्यकार रेग्मीले साहित्य चौतारीको टोलीलाई टीका लगाउंदै साहित्य,संगीत, कला,संस्कार संस्कृति र परम्पराको जगेर्ना गरेकोमा खुशी व्यक्त गर्दै साहित्य चौतारीको स्वर्ण वर्षलक्षित कार्यक्रम सफलताको शुभकामना दिए। कार्यक्रममा साहित्यकार रेग्मीका छोराहरू प्रदीपमणी रेग्मी, गगनमणी रेग्मीले साहित्य चौतारीले गरेको कार्यको प्रशंसा गरेका थिए।कार्यक्रमको सञ्चालन संस्थाका सचिव तुलसीप्रसाद निरौलाले गरेका थिए।

त्यस्तै  साहित्य चौतारीको टोलीले अग्रज पत्रकार नकुल काजीको हातबाट टीका लगाई आशीर्वाद ग्रहण गरेको छ । काजी निवास प्राज्ञ टोल पुगेको साहित्य चौतारीको टोलीलाई  अग्रज पत्रकार नकुल काजी,उनकी श्रीमती रीमा पाण्डेले टीका लगाई दिएर आशीर्वाद दिएका थिए। कार्यक्रममा संस्थाको तर्फबाट अध्यक्ष देवीभक्त श्रेष्ठसहितको टोलीले पत्रकार काजी,उनकी श्रीमती रीता,छोरी समृद्धीलाई टीका,माला,खादा र उपहार प्रदान गरेका थिए।

कार्यक्रममा अग्रज पत्रकार काजीले साहित्य चौतारीलाई बिर्तामोडकेन्द्रीत संस्था मात्र  नभएर  झापा जिल्लाकै नमूना संस्था बनाउन आग्रह गरे । कार्यक्रममा गायिका कमला प्रधानले धनकुटाको डांडैडांडा।।बोलको गीत गाएकी थिइन् ।

कार्यक्रममा साहित्य चौतारीका संस्थापक संरक्षक तथा अध्यक्ष देवीभक्त श्रेष्ठ,  सहसंरक्षक  गर्ब श्रेष्ठ, उपाध्यक्ष हिम्मत नेम्बाङ, उपाध्यक्ष शान्ता पौड्याल, सचिव तुलसीप्रसाद निरौला, सदस्यहरू,  एन। वि दाहाल नविन,  सल्लाहकार संयोजक राजेन्द्र संग्रौला, सदस्यहरू अनिरूद्र ओली,हरिनारायण भट्टराई, प्रेस सल्लाहकार भरत प्रसाई, खर्साङ कल्चरल डिपार्टमेन्टका म्युजिक डाइरेक्टर मोहन प्रधान, गायिका कमला प्रधान, लगायतको सहभागिता रहेको थियो ।

त्यस्तै साहित्य चौतारीका संस्थापक संरक्षक तथा अध्यक्ष देवीभक्त श्रेष्ठ, बरिष्ठ उपाध्यक्ष उर्मिला बिमली श्रेष्ठले  सह संरक्षक तथा महासचिव गौरव श्रेष्ठ,  सहसंरक्षक  गर्ब श्रेष्ठ, उपाध्यक्ष हिम्मत नेम्बाङ, उपाध्यक्ष शान्ता पौड्याल, सचिव तुलसीप्रसाद निरौला, सदस्यहरू,  एन। वि दाहाल नविन, मनिसा भट्टराई, सल्लाहकार संयोजक राजेन्द्र संग्रौला, सदस्यहरू अनिरूद्र ओली,हरिनारायण भट्टराई, बिनोद खनाल, प्रेस सल्लाहकार भरत प्रसाई, खर्साङ कल्चरल डिपार्टमेन्टका म्युजिक डाइरेक्टर मोहन प्रधान, गायिका कमला प्रधान, कृष्ण प्रधानलगायतलाई टीका लगाई दिएका थिए।

यस्तै  साहित्य चौतारी बिर्तामोड झापा नेपालका संस्थापक संरक्षक तथा अध्यक्ष देवीभक्त श्रेष्ठ, सह संरक्षक उर्मिला बिमली श्रेष्ठले होटल हिकोला हेरिटेजका कर्मचारी, हिकोला कलरल्यावका कर्मचारी,अनुपमा ट्राभल्सका कर्मचारीलाई टीका लगाई दिएका थिए।

साहित्य चौतारीले आगामी तिहारको गोबर्धन पूजाको दिन दक्षिणारहित सामुहिक सडक देउसी खेलिने र उक्त कार्यक्रममा सहभागिता जनाउन सबैलाई अध्यक्ष श्रेष्ठले आग्रह समेत गरेका छन् ।