शिवसताक्षी । 

नेकपा (माओवादी केन्द्र)  शिवसताक्षीले दशैं मिलेर मनाउन अनुरोध गरेको छ । देश बाढी पैरोले आक्रन्त पारेको बेला र शोकले डुबेको बेला पीडितसँगै मिलेर दशैं मनाउन आग्रह गरेको हो । 

आज (बुधवार) शिवसताक्षी–१०मा कनकाइ माइ खोलाले बिस्थापित गरेको २३ घर परिवारलाई खाद्यान्न सामाग्री बितरण गर्दै नगर अध्यक्ष महेन्द्र भट्टराईले सवैले मिलेर दशैं मनाउन आग्रह गरेका हुन् । 

उनले देश शोकमा डुबेको बेला नगर पार्टीले शुभकामना आदन–प्रदान कार्यक्रमको आयोजना गर्दा लाग्ने खर्च खाद्यान्न समाग्री पीडितलाई प्रदान गरि मनाएको पनि बताए । 

जनताको तटबन्धन कार्यालयको ५ सय मिटरको नजिक कनकाई माइ खोलाले कटान गर्दा पनि देखेको नदेखे झै गर्ने कार्यालयले स्थाइ निकास नदिएमा बिस्थापित हरुलाई कार्यालयमा नै राख्ने चेतावनी दिदै स्थायी बसोबासको ब्यबस्था मिलाउन नगर सरकारलाई अनुरोध पनि गरेको छ्न् । कार्यक्रमका अतिथि गगन पुरीले राज्यसँगै समन्वय गरि तटबन्ध गर्न पुरै पार्टीको तागत लगाउने प्रतिबद्धता प्रकट गरे। कार्यक्रमका प्रमुख अतिथि पार्टीका केन्द्रिय सदस्य तथा झापा इन्चार्ज झलकसिंह दर्लामी मगरले केहि बर्ष अगाडिको बाडीले कटान गर्दा पार्टीले नै पहल गरि जोगाउन सफल भएको स्मरण गर्दै अब पार्टीले नै पहल कदमी गरि स्थाइ तटबन्ध गर्ने बताएका छन् । उनले पार्टीले पहल सुरु गरिसकेको जानकारी गरे । ‘यो दशै तपाईंहरुको पनि खल्लो भयो’ नेता दर्लामीले भने ‘हामी तपाईंहरुसँगै छौ ।’ उनले अगामी दिनमा पार्टी सहयोगको लागि हातेमालो गर्न तयारी रहेको पनि बताए ।

केहि दिन अघि आएको बाढीले शिवसताक्षी नगरको १० नम्बरमा नकाई माइ खोलाले २३ घर पूर्ण रुपले बिस्तापित गरेको थियो । हाल बिस्तापितहरु कनकाइ घाट, बजारको टहरामा बसेको छ्न् ।

कार्यक्रममा नेकपा माओवादी केन्द्र जिल्ला सदस्य दुर्गा नेम्वाङ, नगर स–सचिव भुवन सेन्दाङ, नगर सदस्य धनकुमार ढकाल, प्रदेश सदस्य भुवन राई, ईन्द्र न्यौपाने, कनकाई नगरका अध्यक्ष यामनाथ सेढाई, सचिव बिष्णु बिमली, बिबेक आचार्य, जितेन्द्र साह, रबिन न्यौपाने, कुमार गिरी, कविता श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । 

पार्टीका वडाध्यक्ष नन्दु रायको अध्यक्षता झलकसिंह दर्लामीको प्रमुख आतिथ्यमा भएको कार्यक्रम पुष्प पौडेलले सञ्चालन गरेको थिए ।