बिर्तामोड।

गोर्खा दुःख निवारक सम्मेलन दार्जिलिङको आयोजनामा शास्त्रीय संगीतीज्ञ डीबी घिसिङप्रति  समर्पित ६० औ बार्षिक  नेपाली संगीत प्रतियोगिता स्वरश्री सम्पन्न भएको छ।

संस्थाका अध्यक्ष प्रवीण जिम्बाको अध्यक्षता तथा साहित्य चौतारी  बिर्तामोड झापा नेपालका  प्रमुख संस्थापक संरक्षक तथा अध्यक्ष देवीभक्त श्रेष्ठको प्रमुख आतिथ्य र सिक्किमका नेपाली लोकगीतका ज्ञाता नरेन गुरुङको बिशिष्ठ आतिथ्यमा भएको कार्यक्रममा संस्थाका मूल सचिव भुवन गिरीले स्वागत मन्तव्य राखेका थिए।

प्रमुख अतिथी श्रेष्ठ र बिशिष्ठ अतिथी गुरुङले सरस्वती माताको मूर्तिमा पुष्प चढाएर र पानसमा दीप प्रज्वलन गरेर उद्घाटन गरेको कार्यक्रममा नेपाली संगीत प्रतियोगिता उपसमितिका अध्यक्ष सोनाम तामाङले प्रतियोगिता शुभारम्भ भएको घोषणा गरेका थिए।

तीन दिनसम्म भएको प्रतियोगितामा ४६ जना प्रतियोगि सहभागि भएकोमा ६ जना प्रतियोगि फाइनलमा प्रवेश गरेका थिए। उनीहरुले नेपाली लोकगीत, नेपाली युगल गीत र नेपाली मौलिक आधुनिक गीत प्रस्तुत गरेका थिए।प्रतियोगिताका निर्णायकहरूमा वशन्त क्षेत्री,दुर्गा खरेल,रमेश बर्देबा, महेश्वर लामा,रिमला मोक्तान रहेका थिए।

कार्यक्रममा प्रमुख अतिथी श्रेष्ठले आफू यस संस्थाको आजीवन सदस्य रहेकाले आगामी दिनमा संस्थासँग सहकार्य गरेर साहित्य चौतारीले साहित्य, कला,संगीत, संस्कृतिका विधामा कार्यक्रम गरिने बताए। उनले भानुभक्तिय रामायणको सुन्दरकाण्डको अशोका वनमा भन्ने श्लोक प्रस्तुत गरेका थिए। उनले गोर्खा दुःख निवारक सम्मेलन दार्जिलिङका अध्यक्ष  प्रवीण जिम्बालाई भानुभक्तिय रामायण र राष्ट्रकवि माधवप्रसाद घिमिरेको गौरी खण्डकाव्य उपहार प्रदान गरेका थिए।

उनले साहित्य चौतारी बिर्तामोड झापा नेपालले गोर्खा दुःख निवारक सम्मेलन दार्जिलिङसहित १८ वटा साहित्यिक संस्थालाई संस्थागत अभिनन्दन गरिएको बताए  ।

कार्यक्रममा साहित्य चौतारीका सल्लाहकार संयोजक राजेन्द्र संग्रौला र सदस्य एनबी दाहाल नविनले गोर्खा दुःख निवारक सम्मेलनको पुस्तकालयलाई पुस्तक प्रदान गरेका थिए। नेपाली संगीत प्रतियोगिता उपसमितिका संयोजक एनबी तामाङले बिजेताको नाम घोषणा गरेका थिए।

प्रतियोगितामा स्वरश्री २०२४ को उपाधि तकदाह दार्जिलिङ निवासी सृष्टी प्रधानले हात पारिन् । उनले भारू २० हजार,प्रमाणपत्र, ट्रफी , सरस्वतीको मूर्ति प्राप्त गरिन् । उनलाई साहित्य चौतारी  बिर्तामोड झापा नेपालका  प्रमुख संस्थापक संरक्षक तथा अध्यक्ष देवीभक्त श्रेष्ठले संस्थाको खादा र नेपाली ढाका टोपी लगाई सम्मान गरेका थिए । स्वर श्री प्रधानले नेपाली लोकगीत विधामा बिजयी हुदै साहित्य चौतारीका अभिनन्दित स्रष्टा गायक दुर्गा खरेलले आफ्ना पिता,माता,र बहिनीको स्मृतिमा स्थापित पुरस्कार  भारू १०  हजार, सुवास क्षेत्रीले प्रदान गरेको सरस्वतीको मूर्ति प्राप्त गरिन् । त्यस्तै उनले नेपाली मौलिक आधुनिक गीततर्फ बिजेता बन्दै भारू ५ हजार र सरस्वतीको मूर्ति प्राप्त गरिन् ।

त्यस्तै नेपाली युगल गीत तर्फ रितेस क्षेत्री र सृष्टी प्रधान बिजयी हुदै भारू ५ हजार र प्रमाणपत्र प्राप्त गरे । त्यस्तै नेपाली आधुनिक गीत तर्फ अनुराग तामाङ बिजयी हुदै भारू ५ हजार प्राप्त गरे ।

कार्यक्रममा सेमिफाइनलमा पुगेका प्रतियोगीहरुलाई भारू ३ हजार र प्रमाणपत्र  र फाईनलमा पुगेका प्रतियोगीहरुलाई भारू ५ हजार र प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रममा श्रेष्ठ गीतकार सौतिन तामाङ र श्रेष्ठ स्वरकार नारदमुनी थापालाई भारू ५ हजार  र सरस्वतीको मूर्ती प्रदान गरिएको थियो ।

कार्यक्रममा फाइनलमा पुगेका प्रतियोगीहरुलाई एक महिनासम्म संगीत प्रशिक्षण प्रदान गर्ने प्रशिक्षकहरू नरेन गुरुङ, दिवस गुरुङ र जीवनप्रकाश राईलाई  पुरस्कार प्रदान गरिएको थियो ।

कार्यक्रममा बिजेता तथा उपबिजेता सबैलाई साहित्य चौतारी  बिर्तामोड झापा नेपालका  प्रमुख संस्थापक संरक्षक तथा अध्यक्ष देवीभक्त श्रेष्ठले संस्थाको लोगोअंकित खादा लगाई सम्मान गरेका थिए।

कार्यक्रममा साहित्य चौतारी बिर्तामोड झापाबाट प्रमुख संस्थापक संरक्षक तथा अध्यक्ष देवीभक्त श्रेष्ठ,सह संरक्षक गर्ब श्रेष्ठ, उपाध्यक्ष हिम्मत नेम्बाङ, सचिव तुलसीप्रसाद निरौला,सहकोषाध्यक्ष कृष्णकुमार श्रेष्ठ, सदस्य एनबी दाहाल नविन, सल्लाहकार संयोजक राजेन्द्र संग्रौला,सदस्य अनिरूद्र ओली,बिनोद खनालको सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन योगिता राई,ललिता राई र किशन सार्कीले गरेका थिए।