शनिश्चरे । 

शिक्षा युवा तथा खेलकुद शाखा अर्जुनधारा नगरपालिकाले उत्कृष्ट बिद्यालय एवम् उत्कृष्ट विद्यार्थीहरुलाइ सम्मान गर्दै चाडपर्व शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरेको छ । 

नगरका २८ वटा सामुदायिक बिद्यालयतर्फ उत्कृष्ट नतिजा ल्याउन सफल बिद्यालय माबि (कक्षा १२) तर्फ भानु माबि लाई प्रशंसा पत्रसहित नगद एक लाख तीस हजार, जनता मा बि (कक्षा १०) तर्फ एक लाख बीस हजार र प्रशंसा पत्र र (कक्षा ८) आधारभूततर्फ कन्चनबारी आधारभूत बिद्यालयलाई नगद एकलाख र प्रशंसा पत्र (करकटी) गरि हस्तान्तरण गरिएको थियो ।

त्यसैगरि उत्कृष्ट जिपिए ल्याइ उतिर्ण विद्यार्थीतर्फ अर्जुनधारा नगरपालिकाबाट लक्ष्मी माबि ६ कक्षा १२ कि छात्र दिब्य काफ्लेलाइ नगद र ४५ हजार र प्रशंसा पत्र (आ व २०७९)  त्यसै गरि कक्षा १० एस इइतर्फ सिहदेबी मा बिकि सुस्मिता खतिवडालाई ३५ हजार र प्रशंसा पत्र, कक्षा ८ नगर स्तरीय परिक्षा उत्कृष्ट विद्यार्थी लक्ष्मी माबिकि सितल अधिकारीलाई प्रशंसा पत्रसहित नगद २५ हजार हस्तान्तरण गरिएको र सो रकम विद्यार्थीले आफ्नो अध्ययनका लागि खर्च गर्नु पर्ने समेत शिक्षा प्रमुख तोयानाथ रेग्मीले बताए। 

यसै क्रममा नगर भरिका फरक क्षमता एवम्  दृष्टिबिहिन शिक्षकहरुका लागि शिक्षण सिकाइ प्रयोग गर्न अरुणोदय आबिका शिक्षक ख्याम रेग्मी र भीमले आबिका कृष्ण रिजाललाइ १÷१ थान ल्यापटप हस्तान्तरण गरिएको र सो कम्प्युटर शिक्षक अवकाश भएपछि बिद्यालयको सम्पत्ति रहने शिक्षा अधिकृत सुनिता भट्टराईले बताइन् । 

कार्यक्रममा विद्यार्थीहरुको हौसला र उनिहरुको पढाइमा आर्थिक अभाव नहोस् र भबिस्य उज्वल र देश समर्पित सेवामा लागुन र देशको उत्कृष्ट दक्ष नागरिक बन सकुन बिदेश जान नपरोस् देशमै बसि सेवा गर्न प्रोत्साहन गर्न अर्जुनधारा नगरपालिकाको आव २०७९ र ८० को बजेट अन्तर्गत शिक्षा युवा तथा खेलकुद शाखाले बिगत झै यसपटक पनि उत्कृष्ट नतिजा ल्याउने बिद्यालय र विद्यार्थीहरुलाइ प्रशंसा पत्रसहित नगद हस्तान्तरण गर्दा अन्य विद्यार्थी एवम् बिद्यालयहरुले पनि योतर्फ प्रोत्साहित भइ लाग्न अनुरोध एवम् नगदसहित सम्मानित हुने विद्यार्थी एवम् बिद्यालय सहि स्थानमा खर्च गर्न आग्रह गरिएको थियो । 

 साथै आउँदै गरेको नेपालीहरुको महान चाड बिजय दसमी दिपावली एवम् छठ पर्वको   प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाकि उपप्रमुख खड्गमाया पराजुली, बिशिस्ट अतिथि प्रमुख प्रसाकिय अधिकृत तिलोचन रिमाल, नेपाल शिक्षक महासंघ अर्जुनधाराका अध्यक्ष चन्द्र खत्री, सचिव टंक न्यौपाने, सामाजिक बिकास संयोजक कौशिकलाल परियार, भानु माबीका प्रधानाध्यापक रुपक दाहाल, सिहदेबी माबि बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बिष्णु ढकाल ,शिक्षासेबि कमलप्रसाद गुरागाइ, नेपाल राष्ट्रिय शिक्षक सगठन अर्जुनधाराका अध्यक्ष केदारनाथ पोख्रेलल, नेपाल शिक्षक संघका सुजाता शिवाकोटीलगायतले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा प्रधानाध्यापक एवम् बिद्यालय  ब्यवस्थापन समितिका अध्यक्ष एवम् प्रतिनिधि सहभागी रहेको थियो । 

 कालिका सस्कृत बेद पिद्यापिठ कालिस्थानमा भएको कार्यक्रममा शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख उपसचिव तोयानाथ रेग्मीको अध्यक्षता रहेको थियो ।  स्वागत तथा औचित्य माथि प्रकाश शिक्षा अधिकृत सुनिता भट्टराईले गरेको कार्यक्रमको सहजीकरण प्राबिधिक सहायक समिरा दहालले गरेकी थिइनु ।