बुट्टाबारी । 

बन्दी सहायता नेपाल पूर्वाञ्चल शाखा अर्जुनधारा झापाले सामाजिक लेखा परिक्षण सार्वजनिक गरेको छ । आर्थिक  बर्ष २०८०÷०८१ को आय ब्यय सार्वजनिक गरेको हो । यस बर्ष विभिन्न दातृ सस्थाको अनुदान केन्द्रिय कार्यालय काठमाडौ मार्फत ८४ लाख ७९ हजार तीन सय बैसठ्ठी रुपैयाँ झापा शाखाले यस बर्ष प्राप्त गरेको हो । 

जस्मा ३१ जना  बालबालिकाहरु लागि खाद्यान्न, स्टेशनरी, स्वास्थ्य, स्कुल ड्रेस, दशैं कपडा, स्कुल शुल्क, निर्माण तथा मर्मत, कृषि, जेल डे कियर, यातायात, बिजुली खानेपानी, ईन्टरनेट, भान्सा खर्च, कर्मचारी तलब, ज्यामी खर्च, छोरीका लागि शिक्षा कार्यक्रम, जुनकीरी आबिका निजि शिक्षक तथा ९४ विद्यार्थीलाई स्टेशनरी ब्यवस्थापन खर्च लगायत शीर्षकमा खर्च भएको अध्यक्ष जगत बहादुर मगरले बताएका छ्न् ।

कार्यक्रममा समाज कल्याण परिषद अनुगमन तथा मुल्यांकन टोलीका वरिष्ठ आर्थिक बिज्ञ एवम् श्रेष्ठ एण्ड न्यौपाने चाटर्ड एकाउन्ट कम्पनीका प्रोपाइटर प्रसिद्ध न्यौपानेले हिसाब सँगसँगै त्यसबाट सम्बन्धित सेवाग्राहीले के कति सेवा लिए र सरोकारवाला र स्थानीय तहको जानकारीमा रहे नरेको जस्ता कुराहरु बारे उपस्थित जनप्रतिनिधि, सरोकारवाला र स्थानीय सामाजिक ब्याक्तित्व शिक्षा प्रेमी र बालबालिका सम्बन्धि सरोकारवालाहरुसग अन्तरक्रिया गराएका थिए । 

बन्दी जीवन बिताइ रहेका अभिभावकहरुसँग आस्रित बालबालिकाहरु मध्ये पार्वती मडिले आफू ६ कक्षासम्म पनि पढ्न पाउने आशा थिएन तर बन्दी सहायता नेपालको सहयोगमा १२ कक्षा पडि स्थानीय सहकारीमा काम गर्दै गरेको बताइन् । त्यसैगरी अर्र्का अभिभावक बद्री प्रसाइले श्रीमति कन्यानसर र १० बर्ष अघि बिते पछी छोरी कसरी पडाउने खानैको धौ धौ थियो भएको र अभिभावक बनी बन्दी सहायताले १२ कक्षा पढाइ दिई रहेकोमा आभार व्यक्त गरेका छन्। 

शिक्षासेवी हस्त परियारको प्रमुख आतिथ्यमा संचालित कार्यक्रममा महिला तथा बालबालिका जेष्ठ नागरिक शाखा प्रमुख सुर्यमाला पन्धाक, शान्ति गडतौला, जनप्रतिनिधि सुसिला गिरी, सीता परियार, महारानीगन्ज माबिका प्रधानाध्यापक मनबहादुर लिम्बु, सामाजिक ब्याक्तित्व बोलप्रसाद कोइराला, सामाजिक अभियन्ता गणेश ढुंगाना लगायतले शुभकामना ब्यक्त गरेका थिए । कार्यक्रममा स्वागत उपाध्यक्ष अर्जुन थेबे र सहजीकरण सचिव रन्जित परियारले गरेका थिए ।