बिर्तामोड । 

रोटरी क्लब अफ बिर्तामोडले  चाइल्ड एजुकेशन स्कलरसीप प्रोग्रामअन्तर्गत दुईजना छात्रालाई एक वर्षका लागि छात्रवृति रकम प्रदान गरेको छ । 

 बिर्तामोड–३ स्थित  महेन्द्ररत्न माध्यमिक विद्यालयमा सोमवार कार्यक्रम आयोजना गरी रोटरी क्लब अफ बिर्तामोडले  महेन्द्ररत्न माविमा अध्ययनरत पुष्पा राजवंशी र बुद्ध आदर्श मावि बुद्धशान्तिमा अध्ययनरत  अनिता बास्कोटालाई एक वर्षको छात्रवृत्ति रकम प्रदान गरेको हो । 

 कक्षा ११ मा साइन्स विषय अध्ययन गर्ने पुष्पालाई २३ हजार ४०० र कमर्स विषय अध्ययन गर्ने अनितालाई १३ हजार ८०० रुपैयाँ प्रदान गरिएको रोटरी क्लब अफ बिर्तामोडका प्रेसिडेन्ट सुरेशकुमार अग्रवाल भद्रपुरेले बताए ।  

रोटरी क्लब अझ बिर्तामोडको १० लाख रुपैयाँको अक्षय कोषबाट जेहेन्दार विद्यार्थीलाई सो छात्रवृत्ति वितरण गरिएको उनले जानकारी दिए । उनले महेन्द्ररत्न माविमा कक्षा ६ देखि अध्ययन गरी कक्षा ८ मा उत्कृष्ट नतिजा ल्याएर एसईई दिने विद्यार्थीलाई सो छात्रवृत्ति वितरण गरिने जानकारी दिए ।