हल्दीबारी । 

झापा हल्दीबारी–२ को  नव सृजना प्राथमिक विद्यालमा स्व. चन्द्रबहादुर माक्रिहाङ्ग राईको आठौं वार्षिक पुण्य तिथिको अवसरमा  उनका सन्तति तथा हङकङ सानसुईपो समाजले ७८ जना  बालबालिकाहरुलाई दिवा खाजा खुवाएर विद्यालय पोशाक वितरण गरेको छ । 

समाजद्वारा स्थापित  ३ लाख रुपैयाँको अक्षयकोषबाट  विद्यालयका ७८ जना  बालबालिकाहरुका लागि विद्यालय पोशाक वितरण तथा दिवा खाजा खुवाउने कार्यक्रम आज सम्पन्न भएको हो ।

बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीप्रसाद खनालको अध्यक्षतामा तथा हल्दीबारी–२ का वडाध्यक्ष सुकलाल राजवंशीको प्रमुख आतिथ्यमा चन्द्रबहादुर माक्रिहाङ्ग राई स्मृति प्रतिष्ठानका संरक्षक शान्तिमाया राई र जनप्रतिनिधि विष्णुबहादुर राईको विशेष आतिथ्यमा पोशाक बितरण गरिएको हो । 

कार्यक्रममा स्व. चन्द्रबहादुर राईको जीवनीका बारेमा कौशी हाङ्गछेन राई स्मृति प्रतिष्ठानका सचिव अर्जुनकुमार राईले प्रकाश पारेका थिए । त्यस्तै विद्यालयका सल्लाहकार गंगाप्रसाद प्रसाईं, होमनाथ दाहाल, लक्ष्मीप्रसाद दंगाल, विष्णु बहादुर राई, प्रमुख अतिथि सुकलाल राजवंशीले स्व. राईको बारेमा प्रकाश पार्दै उनका सन्ततिहरुलाई धन्यवाद ज्ञापन गरेका थिए ।  कार्यक्रममा स्वागत मन्तब्य शिक्षक बुद्धिप्रसाद नेपाल गरेका थिए भने सञ्चालन प्रधानाध्यापक भीम दाहालले गरेका थिए । 

  कार्यक्रममा प्रतिष्ठानका संरक्षक तथा स्व. चन्द्रबहादुर राईकी धर्मपत्नी श्री शान्ति माया राईले अक्षयकोषको रकम ३ लाख विद्यालयलाई  हस्तान्तरण गरेकी थिइन् ।