बिर्तामोड । 

सहयोगी मनहरु नेपालले झापाको बुद्धशान्ति गाउँपालिकाका सात वटा बिद्यालयका ५० जना बिद्यार्थीलाई लत्ताकपडा बितरण गरेको छ । सहयोगी मनहरुले आज (आइतवार) बुद्धशान्ति–१ स्थित सिता रमेश क्याम्पसमा आयोजित कार्यक्रममा बिद्यार्थीहरुलाई ट्याक्सुट बितरण गरेको हो ।  

सरस्वती आधारभूत बिद्यालय ६ जना, बुद्ध आदर्श माबिका ७ जना, नमूना आधारभूत बिद्यालयका १० जना, आदर्श माबिका ७ जना, त्रिभूवन माबिका ६ जना, नवकिरण आधारभूत बिद्यालयका ७ जना, शिशु सुधार आधारभूत बिद्यालयका ७ जनालाई ट्याक्सुट बितरण गरेको सहयोगी मनहरु नेपालका सचिव बिष्णु उप्रेतीले जानकारी दिए । 

सहयोगी मनहरु नेपालका अध्यक्ष भीमप्रसाद आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा बुद्धशान्ति–१ का वडाध्यक्ष अनिल वाग्लेको प्रमुख आतिथ्य रहेको थियो । स्वागत सहयोगी कनहरुका केन्द्रिय सदस्य पुष्पराज भट्टराईले गरेको कार्यक्रमको सञ्चालन सचिव बिष्णु उप्रेतीले गरेका थिए । 

कार्यक्रममा प्रमुख अतिथि अनिल वाग्ले, बुद्धशान्ति गाउँपालिकाका शिक्षा शाखा प्रमुख कमल निरौलालगायतले सहयोगी मनहरु नेपालले गरेको सामाजिक कार्यको प्रशंसा गरेका थिए । 

यसअघि पनि सहयोगी मनहरु नेपालले झुल बितरण, न्यानो कपडा वितरणलगायतका बिभिन्न सामाजिक कार्य गर्दै आइरहेको थियो भने आगामी दिनमा पनि उक्त कार्यलाई निरन्तरता दिने सचिव उप्रेतीले बताएका छन् ।