बिर्तामोड । 

कला साहित्य र संगितका क्षेत्रमा विविध गतिविधी गर्दै आएको साहित्य चौतारी झापा बिर्तामोडले आफ्नो कार्यसमितिमा केही हेरफेर गरेको छ ।

साहित्य चौतारीको सभा हलमा आज आयोजित बैठकले सचिवका रुपमा कार्यरत गौरव श्रेष्ठलाई महासचिवको रुपमा पदोन्नति गरको छ ।  त्यस्तै यस अगाडी प्रेस सल्लाहकारका रुपमा रहेका तुलसीप्रसाद निरौलालाई सचिवका रुपमा निर्वाचित गरिएको छ ।

भेलाले पत्रकार भरत भाबुक प्रसाईलाई प्रेस सल्लाहकारको रुपमा चयन गर्दै  संस्थाका विविध गतिविधिका सन्दर्भमा समिक्षा गरेको थियो ।

 संस्थाका अध्यक्ष देविभक्त श्रेष्ठले निर्वाचित निरौला र प्रसाईले साहित्य चौतारीको उचाइमा एक  इटा थप्न मद्वत गर्नेमा आफु विश्वस्त रहेको बताए ।

निर्वाचित प्रसाईले प्रेस सल्लाहकार जस्तो गहन जिम्मेवारी प्रदान गरेकामा साहित्य चौतारीलाई धन्यवाद ज्ञापन गर्दै सूचना प्रवाहमा अहम भुमिका खेल्ने बताए ।