अर्जुनधारा । 

टेरि मिकेस्का फाउण्डेशन अमेरिकाले  विभिन्न निर्माण कार्य सम्पन्न गरि जुनकीरी बिद्यालयलाई हस्तान्तरण गरेको छ । फाउण्डेशनले अर्जुनधारा–११ मा रहेको जुनकीरी सार्वजनिक आधारभूत बिद्यालय एवम् बन्दी सहायता नेपाललाई विद्यार्थी सयन कक्षामा दुई थान सकुवाको लोबेड, विद्यार्थीहरुका लागि आठ सेट सकुवाको डेक्सब्रेन्च, दुई सेट अफिस टेबुल, कमोड सहित शौचालय निर्माण, फलामे सिडि निर्माण, बिद्यालय ग्राउन्डमा ब्लक निर्माण  गरी एक समारोह बिच हस्तान्तरण गरेको हो । 

टेरि मिकेस्का गार्डेन निर्माण गरि सम्पन्न गरि  फाउण्डेशनका अध्यक्ष टेरि मिकेस्काले बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष एवम् सस्थापक जगतबहादुर मगरलाई बिधिवत रुपमा हस्तान्तरण गरेका हुन् ।  

फाउण्डेशनलाई अनुमानित ६ लाखको योजना पेश गरेको  स्वीकृत भै सो अनुसार बिद्यालयलाइ अति आवश्यक पर्ने कार्यहरु समयमै र सोही रकममा निर्माण सम्पन्न गरिएको प्रधानाध्यापक रन्जित परियारले बताए। 

फाण्डेशनले २०७२ सालको भुकम्पपछि नेपाल भरी सय विभिन्न स्थानमा बिद्यालय, संघ सस्थामा रहेका असाय सहयोग गर्नुपर्ने स्थानमा निरन्तर सहयोग पुर्याउदै आएको छ । 

यसै क्रममा जुनकीरी बिद्यालयलाई पनि निरन्तर शैक्षिक सहयोग र भौतिक निर्माण सहयोग गर्दै आएको भन्दै  फाउण्डेशनका झापा प्रतिनिधि सुजन काफ्ले ख्यामनाथ काफ्ले, नरेशकुमार न्यौपाने र फाउण्डेशनका अमेरिकी अध्यक्ष टेरि मिकेस्कालाई कदर पत्रसहित सम्मान गरिएको थियो । फाउण्डेशनको तर्फबाट बिद्यालयले राम्रो कार्य गरेकोमा आफू खुसी भएको मिकेस्काले बताए । उनका लागि विद्यार्थीहरुले रमाइला र रोचक नृत्य प्रस्तुत गरेका थिए ।

कार्यक्रममा अर्जुनधारा नगरपालिकाका पूर्व  मेयर हरिकुमार राना, नेपाल शिक्षक संघ अर्जुनधाराकि अध्यक्ष सुजाता शिवाकोटी, नेपाल राष्ट्रिय शिक्षक सगठनका अध्यक्ष केदारनाथ पोख्रेल, महारानीगन्ज माबिका प्रअ मनबहादुर लिम्बस, सरस्वती माबि बिर्तामोड–६ का दिपक लुइँटेल, दुर्गा काफ्ले, सलिना भट्टराई, जनप्रतिनिधि सुशीला गिरी, कार्यक्रम प्रमुख अतिथि अर्जुनधारा नगरपालिका वडा न ११ का अध्यक्ष खगेन्द्र इङ्गनाम लगायतले नगर कै कान्छो बिद्यालय  भौतिक संरचनामा जुनकीरी अगाडि रहेको बताएका थिए । उनीहरुले अब गुणस्तरीय शिक्षाका लागि शिक्षक, बिब्यस, शिअस सम्पूर्ण लाग्नु पर्ने र साथै नगर कै नमुना बिद्यालय बन्न सफल रहोस् भन्दै दाता सहितलाई धन्यवाद एवम् शुभकामना व्यक्त गरेका थिए । 

बिब्यस अध्यक्ष एवम् सस्थापक जगतबहादुर मगरको अध्यक्षता सम्पन्न कार्यक्रममा स्वागत शिक्षक गितादेबी खरेलले र कार्यक्रमको सहजीकरण प्रधानाध्यापक रन्जित परियारले गरेका थिए ।