झापा । 

झापाको मेचीनगर नगरपालिका–१३ स्थित श्रीनाथ ट्रेडस अगाडिबाट राप्रपा निकट प्रजातान्त्रिक विद्यार्थी संगठनले मसाल जुलुस निकालेका छन् । 

संविधान सभाको बिरोध गर्दै मेचीनगर अध्यक्ष सोभियत श्रेष्ठको नेतृत्वमा मेचीनगर उपाध्यक्ष युनिश चापागाईं लगायत करिब १५ जनाको उपस्थितिमा बिभिन्न नारा लगाउँदै मसाल जुलुस गरेका थिए । 

उनीहरुले गणतन्त्र मुर्दावाद, संविधान दिवस मुर्दावाद, संघीयता खारेज गर, बिभेदकारी संविधान खारेज, हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ जस्ता नाराहरु लगाउदै मसाल जुलुस निकालेका थिए । 

चारआली चोकमा आएर नाराबाजी गर्दा प्रहरीले उक्त मसालहरु नियन्त्रणमा लिएपछि  मसाल जुलुस तितरबितर भएको थियो ।