झापा । 

२०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सन्थाल समुदायबाट हालसम्मकै उत्कृष्ट नतिजा ल्याएका टेकनाथ सोरेनलाई बाह्रदशी गाउँपालिकाले एकथान ल्यापटप प्रदान गर्ने भएको छ । गाउँपालिका अध्यक्ष देविन्द्र प्रसाद चम्लागाईले एक लाख मूल्य बराबरको ल्यापटप प्रदान गर्ने बताएका छन् । अध्ययनप्रति थप प्रोत्साहित गर्न सोरेनलाई ल्यापट प्रदान गर्न लागिएको जनाइएको छ ।

राष्ट्रिय शिक्षा दिवसका अवसरमा गाउँपालिकामा आयोजित कार्यक्रमकाबीच अध्यक्ष चम्लगाईले सोरेनलाई ल्यापटप प्रदान गर्न लागिएको बताएका थिए ।

गौरीशंकर माध्यमिक विद्यालयमा अध्ययनरत उनी २०८० सालको एसइई परीक्षा सीमान्तकृत सन्थाल समुदायबाट सहभागी बनेका थिए । उनी सन्थाल समुदायबाट हालसम्मकै उच्च अंक ल्याउने विद्यार्थी हुन् ।  सोरेनले २०८० को एसइईमा ३.८२ जिपिए अंक ल्याएको विद्यालयका प्रधानाध्यापक लेखनाथ कटुवालले जानकारी दिए । सोरेनले प्राप्त गरेको अंक प्रतिशतमा बदल्दा ९५.५ प्रतिशत हुन्छ ।

टेकनाथ विद्यालयका अनुशासित र नियमित विद्यालय आउने विद्यार्थी भएको कटुवालको भनाई छ । आफ्नो परिश्रम र विद्यालयको निगरानीले प्रतिफल आएको सोरेनको भनाइ छ ।

बाह्रदशी गाउँपालिका ७ डाँगीबारी निवासी टेकनाथका बुवा राजिन्दर र आमा उषाको कोखबाट उनी २०६४ साउन ३० गते जन्मिएका थिए । उनका वुवाआमा सामान्य खेतीपाती र दैनिक ज्यालादारी गर्दै आएका छन् ।

झापा, मोरङ र सुनसरीमा बसोबास रहँदै आएको सन्थाल समुदायको २०७८ को जनगणना अनुसार ५७ हजार ३१० जनसंख्या रहेको छ । सोरेन हाल बिर्तामोडमा रहेको निदि सेकेण्डरी स्कूल÷इन्द्रेणी क्याम्पसमा अध्ययनरत रहेका छन् । उनलाई सो विद्यालयले समेत निःशुल्क अध्ययन गराई रहेको छ ।

यसैगरी  राष्ट्रिय शिक्षा दिवसको अबसर पारेर बाह्रदशी गाउँपालिकाले सेवा निवृत्त शिक्षक र उत्कृष्ट विद्यार्थीलाई सम्मान तथा पुरस्कृत गरेको छ । गाउँपालिकामा आयोजित कार्यक्रमकाबीच सेवा निवृत्त चार जना शिक्षक तथा कक्षा ८, कक्षा १० र कक्षा १२ को परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई पुरस्कृत गरिएको थियो ।

त्यस्तै अतिरिक्त शैक्षिक क्रियाकलावमा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई पुरस्कृत गरिएको बाह्रदशी गाउँपालिका शिक्षा शाखाका प्रविधिक सहायक योगराज पौडेलले जानकारी दिए । सम्मानित हुने शिक्षकहरुमा लालवहादुर राजवंशी, महेन्द्रप्रसाद पराजुली, मोतिखर अधिकारी र धनवहादुर वस्नेत रहेका छन् ।

पालिकाद्वारा कक्षा ८ मा उत्कृष्ट अंक ४ जीपीए ल्याउने फूलवारी माध्यमिक विद्यालयका विद्यार्थी शिवानी पोखरेल, ३.८१ जीपीए ल्याउने पशुपति माध्यमिक विद्यालयका मौसम पौडेल, ३.९७ जीपीए ल्याउने ज्ञानज्योति अग्रेजी माध्यमिक विद्यालयका अमन गणेश र ३.९७ नै जीपीए ल्याएर उत्तीर्ण हुने आरम्भ बाल शिक्षालयका विद्यार्थी एलिस खड्कालाई पुरस्कृत गरिएको थियो ।

३.४७ जीपीए ल्याउँदै कक्षा १० अर्थात ९ माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गर्ने विद्यार्थी गौरीशंकर माध्यमिक विद्यालयबाट सेविका निरौला,  गौरीशंकर माध्यमिक विद्यालयबाट नै ३.८२ जीपीए ल्याउने टेकनाथ सोरेन, पशुपति माध्यमिक विद्यालयबाट ३।७१ जीपीए ल्याउने रिसव भट्टराई ,कञ्चनज्योति आधारभूत विद्यालयबाट ३.८७ जीपीए ल्याउने सिम्रन सापकोटा र ३। ८२ जीपीए ल्याउने लिटलस्टार अंग्रेजी माध्यमिक विद्यालयका  सन्देश विष्टलाई पुरस्कृत गरिएको थियो ।

यता कक्षा १२ तर्फ उत्कृष्ट अंक ल्याउने पशुपति माध्यमिक विद्यालयका चार जना र दीपजन अंग्रेजी माविका दुई जना विद्यार्थीलाई पुरस्कृत गरिएको छ । पशुपति माविबाट ३।२७ जीपीए ल्याउने सिमा सिलवाल, ३.४९ जीपीए ल्याउने किरण राजवंशी, ३.४६ जीपीए ल्याउने रोशन ओझा रहेक छन् । उनीहरुलाई पुरस्कृत गरिएको थियो । त्यस्तै दीपजनबाट स्मृति पौडेल ९३.५४० र हिमेश कुमार श्रेष्ट ९३.६८० रहेका छन् ।  उनीहरुलाई समेत पुरस्कृत गरियो ।

अतिरिक्त शैक्षिक क्रियाकालव तर्फ आधारभूत तह ९१–५० मा भएको हस्त लेखन प्रतियोगीतामा गौरीशंकर माविका विद्यार्थी प्रास्ना निरौला, द्वितीय पञ्चमणि र तृतीय पशुपति आधारभूत विद्यालयका विद्यार्थीलाई पुरस्कृत गरिएको थियो ।

आधारभूत तह अन्तरगत ९६– ८० म भएको हिज्जे प्रतियोगितामा पशुपति मावि प्रथम, फूलवारी द्वितीय र कटरडाँगी आधारभूत विद्यालयका विद्यार्थी तेस्रो भए । उनीहरुलाई समेत कार्यक्रमका प्रमुख अतिथि बाह्रदशी गाउँपालिका प्रमुख देविन्द्र प्रसाद चम्लगाईले नगद सहित पुरस्कृत गरेका थिए ।

माध्यमिक तहमा ज्ञानज्योति प्रथम, फूलवारी द्वितीय र नमूना अंग्रेजी माध्यमिक विद्यालयका विद्यार्थी तेस्रो भएका थिए । उनीहरुलाई समेत पुरस्कृत गरिएको थियो । बाह्रदशी गाउँपालिकाको सामाजिक विकास समितिका संयोजक पञ्चानन् राजवंशीको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा शाखा प्रमुख योगराज पौडेलले स्वागत गरेका थिए ।

गाउँपालिका अध्यक्ष देविन्द्र प्रसाद चम्लगाईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा वाह्रदशी गाउँपालिका वडा नम्वर २ का वडाध्यक्ष भीम वहादुर कार्की, शिक्षक महासंघ बाह्रदशीका अध्यक्ष गुणनीधि लुइँटेल, प्याव्सन झापाका कार्यवहाक सचिव लक्ष्मी प्रसाद उप्रेती, सेवा निवृत शिक्षक लाल वहादुर राजवंशी, जनविकासका प्रधानाध्यापक श्याम नारायण गोश्वामीलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन गौरीशंकर माध्यमिक विद्यालयका शिक्षक लोचन कुमार गुरागाईले गरेका थिए ।