बिर्तामोड । 

झापाको बिर्तामोडमा शैक्षिक मेला आयोजना हुने भएको छ । स्टडी पार्क एजुकेशन बिर्तामोडले असोज १ गते बिर्तामोडस्थित सिटीसेन्टरमा ‘पूर्वाञ्चल एजुकेशन फेयर’ आयोजना गर्ने भएको हो । 

आयोजक संस्था स्टडी पार्कले आज (आइतवार) बिर्तामोड पत्रकार सम्मेलन गरेर शैक्षिक मेलाको तयारी बारे जानकारी दिएको हो । शैक्षिक मेलाका संयोजक मदन बुढाथोकीका अनुसार बिदेश अध्ययनका लागि जाने बिद्यार्थी र अभिभावकलाई सहजताका लागि शैक्षिक मेलाको आयोजना गरिएको हो ।

park

बिहान ९ बजेदेखि शुरु हुने शैक्षिक मेलामा बिभिन्न पुस्तकका स्टल, स्वास्थ्य शिविरसहित ३ सय स्टल रहने संयोजक बुढाथोकीले पत्रकार सम्मेलनमा बताए । उनले स्टडी पार्क एजुकेशनको इलाम बजार र फिक्कलमा पनि शाखा रहेको बताउदै इलाममा रहेको शाखामा समेत असोज २ गते शैक्षिक मेलाको आयोजना गरिने बताए । 

बिदेश अध्ययनका लागि जाने बिद्यार्थीहरुलाई परामर्श दिदै आएको स्टडी पार्कले न्युनतम शुल्कमा लोकसेवाका कक्षाहरु पनि असोज ६ गतेदेखि सञ्चालन गर्ने सञ्चालक मध्येका सरोज पौडेलले बताए । त्यस्तै उनले स्टडी पार्कले ड्राइभिङ स्कुलको पनि कार्य गर्दै आएको बताए । पत्रकार सम्मेलनमा लेखक तथा पत्रकार तीर्थ सिग्देललगायतको उपस्थिति रहेको थियो ।