बिर्तामोड । 

न्यूटन्स एजुकेशन एकेडेमीले आज ६०औँ राष्ट्रिय बाल दिवस भब्य रुपमा मनाएको छ ।  ‘बालबालिकामा लगानी, सुरक्षित भविष्यको थालनी’ भन्ने नाराका साथ विद्यालयले आयोजना गरेको कार्यक्रममा  प्रि प्राइमरीका नानीहरुले विविध प्रस्तुती राखेका थिए । बलबालिकाको क्षमता प्रस्फुटन गर्न तथा उनीहरुलाई चेतना अभिबृद्धि गर्दै हौसला प्रदान गर्न प्रत्येक बर्ष विद्यालयले बालदिवस मनाउंदै आएको प्रिन्सिपल देबेन्द्र हुमागांईले जानकारी दिए । 

मोहनमाया स्कुलको विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा सामाजिक अभियान्ता देवीका बस्नेतको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा स्वागत विद्यालयको प्रि प्राइमरी इन्चार्ज सावित्रा चापागांईले गरेकी थिइन ।  प्रिन्सिपल देबेन्द्र हुमागांईले औचित्माथि प्रकाश पारेको कार्यक्रमको सञ्चालन शिक्षिका पवित्रा पौडेलले गरेकी थिइन ।  कार्यक्रममा प्रमुख अतिथि बस्नेत, बिर्तामोड नगर शिक्षा अधिकृत जानुका रेग्मी र नेपाल उद्यमशील महिला संघ झापा अध्यक्ष पार्वता खरेल बिमलीले शुभकामना मनतब्य राखेका थिए । 

कार्यक्रममा नर्सरी, एलकेजी र युकेजीका नानीबाबुहरुले गायन, उद्धघोषण, नृत्य , स्पिच सहितका बिभिन्न संस्कृति झल्कने प्रस्तुती राखेका थिए ।   विसं २०२१ भदौ ४ गतेदेखि मनाउन सुरु गरिएको राष्ट्रिय बाल दिवस २०६३ सालमा भदौ २९ गतेका दिन मनाउन थालिएको हो । 

 नेपालमा बाल दिवस रत्नराज्यलक्ष्मी देवी शाहले आफ्नो जन्मदिन पारी २०२१ भदौ ४ गते नेपाल बाल सङ्गठन ९बाल मन्दिर० स्थापना गरी अनाथ, टुहुरा बालबालिका संरक्षणको थालनी गरेको दिनलाई राष्ट्रिय बाल दिवस घोषणा गरी नियमित रूपमा मनाउन थालेको पाइन्छ । 

सन् १९८९ नोभेम्बर २० मा संयुक्त राष्ट्रसङ्घ महासभाबाट बाल अधिकारसम्बन्धी महासन्धि पारित भयो । पछि यसलाई नेपालले सन् १९९० सेप्टेम्बर १४ मा अनुमोदन गरेको दिनको सन्दर्भ पारेर बाल दिवस मनाउन थालियो ।  सोहीअनुरूप नेपालले राष्ट्रिय बाल दिवस २०६३ सालदेखि भदौ २९ गते मनाउन थालेको छ ।