बिर्तामोड । 

 साहित्य चौतारी झापा नेपालले  भदौ २९  गते भारतका बिभिन्न प्रान्तमा रहेका साहित्यिक संघ संस्थाहरुलाई संस्थागत अभिनन्दन तथा सम्मान गर्दे ६० औं राष्ट्रिय बाल दिवस तथा मासिक काव्य सभा सम्पन्न गरेको छ । 

साहित्य चौतारी झापाका संस्थापक, संरक्षक तथा अध्यक्ष देवीभक्त श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाले पहिलोपटक भारतका बिभिन्न प्रान्तमा रहेर नेपाली भाषा, साहित्य, कला, संस्कृतिमा महत्वपूर्ण योगदान पु¥याउँदै आएका साहित्यिक संघ संस्थाहरुलाई संस्थागत अभिनन्दन तथा सम्मान गरेको हो । नेपाल र भारतका विभिन्न श्रष्टाहरुलाई रथारोहण, अभिनन्दन, सम्मान गर्दै आएको साहित्य चौतारीले रजत वर्ष अभियान समाप्त गरीसकेको र  पहिलो पटक भारतका बिभिन्न प्रान्तमा रहेका साहित्यिक संघ संस्थाहरुलाई संस्थागत अभिनन्दन तथा सम्मान प्रदान गर्न लागिएको साहित्य चौतारी झापाका संस्थापक, संरक्षक तथा अध्यक्ष  श्रेष्ठले बताए । 

स्थापनाको २० वर्षभन्दा वढी क्रियाशिल रहेका साहित्यिक संघसंस्थाहरुलाई  संस्थागत अभिनन्दन गरिएको थियो भने १० वर्षभन्दा वढी क्रियाशिल रहेका साहित्यिक संघसंस्थाहरुलाइ सम्मानपत्रद्वारा सम्मान गरिएको कार्यक्रमा भारतका १९ संस्थालाई सम्मान गरिएको उनले बताए । 

कार्यक्रममा भारत दार्जीलिङका गोर्खा दुःख निवारक सम्मेलन, नेपाली साहित्यिक सम्मेलन, हिमालय कला मन्दिर, खर्साङका गोर्खा जनक पुस्तकालय, जागृति परिवार, गोर्खा संस्कृतिक संस्थान, शिलगढीका शिलगढी देवकोटा संघ, शिलगढी भानुभक्त समिति, आश्रामपाडा नेपाली शिव मन्दिर समिति, नेपाली साहित्य प्रचार समिति, मतिगडा गोर्खा कल्याण संघ, गान्तोकको सिक्किम साहित्य परिषद्, गेजिङका पश्चिम सिक्किम साहित्य प्रकाशन, कालेङपुङका नेपाली साहित्य अध्ययन समिति, आसामका आसाम नेपाली साहित्य सभा, मणिपुरका मणिपुर नेपाली साहित्य परिषद्, डुबर्सको डुबर्स नेपाली साहित्य परिषद, सिलङको  सिलोङ नेपाली साहित्य परिषद्, सलुवाको अगमसिंह गिरी संस्थान, मिरिकको चिमल क्लव परिवार, मिरिक साहित्य सुनौ परिवारलगायतलाई सम्मान गरिएको थियो । 

संस्थाका उपाध्यक्ष हिम्मत नेम्वाङले  स्वागत र अध्यक्ष  श्रेष्ठले गितबाट स्वागत गर्नु भएको कार्यक्रमको प्रमुख अतिथिमा असम नेपाली साहित्य सभाका वर्तमान सभापति  दुर्गा खतिवडाले साहित्य चौतारिको यो प्रेम र सर्मपणको भावनाले सम्पूर्ण सिमा पारीका नेपालीलाई सम्मान मिलेको बताए । उनले बिशाल मनले स्वागत गरी प्रदान गरिएको  संस्था सम्मानले साहित्य साधनामा लाग्ने उर्जा मिलेको बताए । कार्यक्रममा भारतका विभिन्न प्रान्तसहित भुटान र बर्माका साहित्यिक संघसंस्थाहरुको संस्थागत सहभागिता रहकोे संस्थाका भारतवर्षका संयोजक डीएल (देवीलाल) प्रधानले बताए। 

कार्यक्रममा उपस्थित सहभागिहरुले साहित्य चौतारीका संरक्षक देवीभक्त श्रेष्ठको ६४औ जन्मउत्सवको अवसरमा शुभकामना आदान प्रदान समेत गरेका थिए । बालदिवस केन्द्रित कार्यक्रमको प्रमुख अतिथिको रुपमा गत सालको बाल प्रतिभा पुरस्कारको बिजेता अर्पण सिटौला रहेका थिए । साहित्य चौतारी झापा नेपालले पहिलो पटक संस्थागत अभिनन्दन तथा सम्मान कार्यक्रम आयोजना गरेको हो । आगामी दिनमा अझ परिमार्जित र परिस्कृत गरि संस्थागत अभिनन्दन र सम्मान कार्यक्रमलाई अघि बढाइने साहित्य चौतारी झापाका संस्थापक, संरक्षक तथा अध्यक्ष देवीभक्त श्रेष्ठले बताएका छन् ।