बिर्तामोड ।

 नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) भदौ २९ गते झापा आउने कार्यक्रम तय भएको छ । प्रचण्ड बिर्तामोड आउन लागेको माओवादी केन्द्र झापाका संयोजक राजु आचार्य (अग्नी) ले पुष्टि गरे । 


उनले भने, ‘अध्यक्ष कमरेड भदौ २९ गते आउनु हुन्छ, ३० गते बिर्तामोडमा कार्यक्रम तय भएको छ ।’ कार्यकर्ता प्रशिक्षण भनिएपनि अन्य पार्टी परित्याग गरि राजनीतिमा चिनिएका व्यक्तिहरु पार्टी प्रवेश कार्यक्रम रहेको बुझिएको छ । कार्यक्रम बिर्तामोडस्थित सिटी सेन्टरमा हुने संयोजक आचार्यले जानकारी दिए । 


पार्टीले चलाएको पूर्वेली जनसंगठन सुदृढीकरण अभियानसँगै झापामा माओवादीको अवस्था सुधार हुँदै गएको अवस्थामा अध्यक्ष प्रचण्ड आउन लागेका हुन् । करिब ६ बर्षपछि अध्यक्ष झापा आउने भएपछि कार्यकर्तामा उत्साह थपिएको छ ।