विर्तामोड । 

विद्यार्थी माझ सधै नयाँ र पृथक कार्यक्रम गर्दै आएको झापा बिर्तामोड–३ को आदर्श स्कुल अफ मेनेजमेन्टले ‘तीज ससक्तिकरण’ कार्यक्रम गरेको छ। तीजमा हुने नाच गानका कार्यक्रम भन्दा महिला ससक्तिकरणलाई बढवा दिने उदेश्यले कार्यक्रम गरिएको हो। 


आदर्श स्कुलकि बिजया भन्डारीको अध्यक्षतामा  भएको कार्यक्रममा महिला आदर्श नौमती वाजा कनकाई–३ सुरुङ्गाले नौमती बाजा बजाएर युवा विद्यार्थीलाई उधमी बन्ने प्रेरणा प्रदान गर्न हौसला प्रदान गरेको छ । 


कार्यक्रममा प्रमुख अतिथी मेरीयट होटल काठमाडौंकि  क्लस्टर शिक्षण  तथा बिकास निर्देशक अन्जना खडकाले महिलाले नयाँ परिवेशमा  धेरै उत्कृष्ट अहोदामा बसेर काम गर्ने साथै आफ्नो क्षमताको उदाहरणीय कामहरु गर्ने गरेको बताइन् । 


स्कुल शिक्षिका इन्दिरा खड्काले स्वागत गरेको कार्यक्रमको सन्चालन आदर्श स्कुलका तालिम बिभाग प्रमुख दीपक दासले गरेका थिए। कार्यक्रममा २०० बढीको सहभागिता रहेको थियो।