बिर्तामोड । 

 यातायात व्यवस्था कार्यालय झापाले गत आर्थिक वर्ष भन्दावढी राजश्व संकलन गर्न सफल भएको छ । कार्यालयले गत आर्थिक बर्षको तुलनामा आर्थिक बर्ष २०८०/८१ मा ५ करोड १४ लाख ७९ हजार ५६६ रुपैयाँ बढी राजस्व संकलन गरेको हो ।


कार्यालयले आव २०८०/८१  मा ९३ करोड २१ लाख ६६ हजार ८१३ रुपैयाँ राजस्व संकलन गर्न सफल भएको कार्यालय जनाएो छ । यातायात व्यवस्था कार्यालय झापाका निमित्त प्रमुख गोपीचन्द्र बोहराका अनुसार आव २०७९/०८० मा  ८८ करोड ६ लाख ८७ हजार २४७ राजस्व संकलन भएको थियो ।


गत आव २०८०/८१ मा २० हजार ६३ कूल सवारी दर्ता हुँदा १९ हजार नौ सय २० सवारी चालक अनुमतिपत्र वितरण भएको उनले जानकारी दिए ।  त्यसैगरी कार्यालयले सवारी जाँचपास ११ हजार चार सय ४१ र रुट अनुमति पाँच सय ३४  दिएको थियो । 


गत आव २०८०/८१ मा सबैभन्दा धेरै सात हजार छ सय १५ मोटरसाइकल दर्ता भएका छन् । दर्ता भएका जम्मा सवारीमध्ये १२५७ सार्वजनिक, ९४४९ निजी, ११ सरकारी, १३ लिलाम दर्ताका र एक हजार नौ सय ७५ सवारी सरुवा दर्ता अन्तर्गत रहेको कार्यालय झापाले जनाएको छ ।