बिर्तामोड । 

झापाकी चेली कवि तथा साहित्यकार लीला अनमोलको कविता संग्रह ‘अन्तिम कुमारी रात’ को बिर्तामोडमा लोकार्पण गरिएको छ । केहीदिन अघि काठमाडौंमा बिमोचन गरिएको अनमोलको कविता संग्रह ‘अन्तिम कुमारी रात’ को गृह जिल्ला झापामा आज (शनिवार) लोकार्पण गरिएको हो । 


अनमोलको कविता संग्रहको लोकार्पण कवि तथा साहित्यकार साथै कार्यक्रमका प्रमुख अतिथि मनु मञ्जिलले गरेका हुन् । अनमोलको कवितामा धेरै चुनौतिहरु रहेको समिक्षक प्राज्ञ टीका आत्रेयले टिप्पणी गरिन् । कविता लेखनको क्रममा उनको सहास र आँटको आत्रेयले खुलेरै प्रशंसा गरिन् । 


अर्का समिक्षक प्राज्ञ मुनाराज शेर्माले उपत्यका बाहिरका कविहरुका कविता  तमसुक हुने गरेको केन्द्रको आरोप रहेको बतााउँदै अनमोलको कविता समय सापेक्ष एक दमै उत्कृष्ट भएको बताए । 


नेपाल लेखक संघ झापाको आयोजना तथा किरात मुन्धुम प्रतिष्ठान दमकको सह–आयोजनामा आयोजित कार्यक्रममा अन्तिम कुमारी रात नामक कविता संग्रहको  समिक्षा प्राज्ञ आत्रेय र शेर्माले गरेका थिए । लेखक संघ झापाका अध्यक्ष कुमार भट्टराईको अध्यक्षतामा भएको कार्यक्रम समिक्षाको सहजिकरण साङसेन पन्धाकले गरेका थिए ।


 स्वागत कवि तथा साहित्यकार केशव आर्चायले गरेको कार्यक्रमको सञ्चालन विवश बलिभद्र कोइरालाले गरेका थिए । लोकापर्ण समारोहमा झापासहित देशभरका कवि तथा साहित्यकारको सहभागिता रहेको थियो । कार्यक्रममा बिभन्नि श्रष्टाहरुले कविता र गजलसमेत प्रस्तुत गरेका थिए ।