मेचीनगर ।
नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य रन्जित तामाङले अब माओवादी केन्द्रले नेपालमा भ्रष्टाचार पक्षधर विरुद्धको अन्तिम युद्ध गर्ने बताएका छन् ।
योङ कम्युनिस्ट लिग नेपाल मेचीनगरको सातौं सम्मेलनको प्रमुख अतिथिको रूपमा सम्बोधन गर्ने क्रममा केन्द्रीय सदस्य तामाङले माओवादीको क्रान्तिबाट ब्यवस्था बदलेको र अब अवस्था बदल्न भ्रष्टाचार विरुद्ध अन्तिम संघर्ष गर्नुपर्ने बताएका हुन् ।
युवा नेता तामाङले सबै भ्रष्टाचार जोगाउन र भ्रष्टाचारीलाई उन्मुक्ति दिन एमाले–काङ्ग्रेस गठबन्धन भएको भन्दै समाजका टोलटोल र केन्द्रमा भएको भ्रष्टाचारलाई परास्त गर्दै सुशासनका लागि संघर्ष हुने बताएका थिए ।
अवस्था बदल्नका लागि युवाको ढुकढुकी वाइसीएल महत्त्वपुर्ण योगदान हुनुपर्नेमा जोड दिएका थिए । उनले भने, अब जनयुद्धबाट आमनागरिकले अधिकार पाएका छन्, त्यहीँ अधिकारलाई सुनिश्चित गर्न पुनः माओवादी पार्टीमा २०६४ दोहोरिँने छ ।’ देश भ्रष्टाचारको फोहोरै फोहोरले डङुर बनेको छ त्यसलाई वाइसीएलले सफा गर्दै भ्रष्टाचाररहित समाज निर्माण गर्न अघि बड्न निर्देशन दिएका थिए ।
माओवादी अरुभन्दा २ स्टेप हिड्ने पार्टी भएकाले देशभरका करिब १ करोड २४ लाख युवालाई माओवादीमय बनाउने योजना बनाउने रहेको छ । देशको सबै भन्दा ठूलो सत्रु भ्रष्टाचार भएको उनको भनाई थियो ।
प्रतिनिधि सभामा हिंसाको बिषयमा उठेको प्रशङ्गमा उनले माओवादीको जनयुद्धलाई हिंसा भन्ने हो २०२८ सालमा झापा बिद्रोहलाई पनि हिंसा भन्ने हुन्छ भन्ने प्रश्न गरेका थिए ।
योङ कम्युनिष्ट लिग नेपाल मेचीनगरको अध्यक्षमा दिपक राईसहित ५१ सदस्यीय नयाँ कार्यसमिति गठन भएको छ । नेपाल मेचीनगरको सातौं सम्मेलनबाट उपाध्यक्ष राजेश गुरुङ, दीपेश मेचे, रिजेश कार्की, सचिवमा सुबम खड्का सहसचिवमा बरुण राजबंशी, रमेश बाँस्तोला, उपाध्यक्ष रन्जिना वर्देवा सर्वसम्मत भएका हुन् । त्यसैगरी देबेन्द्र दाहाल, रबिन पराजुली, राम राजबंशी, बिष्णु, भट्टराई, लक्ष्मी आचार्य, तुलसी आचार्य, हेम थापा लगायत सदस्यमा चयन भएका छन् ।
राजु निरौलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा माओवादी केन्द्रका केन्द्रिय सदस्यीय रन्जित तामाङ, झापा संयोजक राजु आचार्य अग्नि, सचीव मोहन टुडु, वाइसीएलका जिल्ला इन्चार्ज निशान मगार, प्रदेश सदस्य प्रकाश भण्डारी, डिल्लीराम घिमिरेलगायतले सम्बोधन गरेको कार्यक्रममा वाइसीएलका जिल्ला अध्यक्ष डेबिड साहिले नवमनोनीत सदस्यको नाम घोषणा गरेका थिए । कार्यक्रमको सञ्चालन दिपक राईले गरेका थिए ।