हब इन्टरनेशनल एजुकेशन प्रालिको सातौ शाखा बिर्तामोडमा सञ्चालनमा आएको छ । नेपाली विद्यार्थीहरुलाई बिदेश अध्ययन गर्न जानुअघि जान लागेको देश र कलेज, लागत र त्यहाँ आइपर्ने समस्याको बिषयमा परामर्श दिनका उदेश्यले हब इन्टरनेशनल एजुकेशन कन्सल्टेन्सी बिर्तामोडमा सञ्चालनमा आएको हो ।
पूर्वाञ्चल क्षेत्र भरिका विद्यार्थीहरुका लागि सहजताका कन्सल्टेन्सी बिर्तामोडका सञ्चालन गरिएको प्रवन्ध निर्देशक दिपेन्द्र बुढाथोकीले बताए । एक समारोह बिच सोमवार सातौ शाखाका रुपमा हबको उद्घाटन गरिएको छ । विद्यार्थीहरु रोजगारसहित पिएचडि, मास्टर, ब्याचलर डाक्टरलगायतका बिषयहरु अध्ययनका लागि अस्ट्रेलिया, अमेरिका, युके, आएरलेण्ड, क्यानाडा, न्युजिल्यान्ड, भारत साथै युरोप देशहरुमा जाने भएकाले काठमाडौंसम्म गएर ठुलो धनराशी खर्च गरेर परामर्श लिनु पर्ने बाध्यतालाई मध्येनजर गरी बिर्तामोडमा शाखा सञ्चालन गरिएको बताइएको छ ।
बिदेश अध्ययनका लागि काठमाडौंमा परामर्श लिनका लागि जानुपर्नेलगायतका झन्झटबाट मुक्त हुँदै आफ्नै घर पाएक परामर्श सेवा उपलब्ध गराउन उक्त शाखाको शुरूवात गरिएको कार्यक्रमका प्रमुख अतिथि एवम् हब इन्टरनेशनल एजुकेशन प्रालिका केन्द्रिय कार्यालय काठमाडौका प्रमुख/सस्थापक उद्धवबहादुर खड्काले बताएका छन् । काठमाडौको हात्तीसारमा प्रमुख कार्यालय रहेको हब १९ बर्षअघि स्थापना भएको थियो ।
ललितपुर, चितवन, बुटवल, भैरहवा, पोखरा, नेपालगन्जसहित सोमवारदेखि बिर्तामोडमा पनि शाखा कार्यालय रहेको हब इन्टरनेशनलको कर्पाेरेट शाखा अष्ट्रेलियामा रहेको सञ्चालक खड्काले जानकारी दिए ।
शाखा स्थापनासँगै टोफल, आइइएलटिएसलगायतको भाषा कक्षाहरु पनि बिर्तामोडमै उपलब्ध गराउने तयारी कन्सल्टेन्सीको छ । बिद्यार्थीको करियर काउन्सिलिङका लागि भरपर्दाे कन्सलटेन्सी हब इन्टरनेशनल एजुकेशन भएको सञ्चालकको दावी छ ।
कोशी प्रदेशमा पहिलो शाखा स्थापना गरेको हब इन्टरनेशनलले चाँडै नै इटहरी र बिराटनगरमा पनि शाखा स्थापना गर्ने तयारी गरेको छ । अन्य भन्दा सस्तो राम्रो र भरपर्दाे काउन्सिलिङ गर्ने दावी गरेको हबले बिदेशका कलेजमा भर्ना पछिको सेवा पनि उपलब्ध गराउने बताइएको छ । बिर्तामोड शाखामा बैंकर्स दिपेन्द्र बुढाथोकी, व्यवसायी प्रियंका शंकर र सोमना महत सञ्चालक रहेका छन् ।
अहिलेको समय बिना सीप, अनुभव र कलेज, भर्ना प्रक्रिया, लागत, भाषा, बस्तु स्थिति नबुझी जाने धेरै विद्यार्थीहरु समस्या परेको र अभिभावकहरु आर्थिक समस्यामा पर्ने जस्तो समस्यालाई सहयोग गर्न अनुभवी परामर्श दाता टिमहरु रहेको र विभिन्न बिषयमा ब्यवस्थित कक्षा संचालन हुने केही विद्यार्थीहरुलाई छात्रवृत्ति एवम् अन्य सस्थागत सुबिधा समेत दिने बुढाथोकीले बताए ।
कार्यक्रममा शाखाका कन्सल्टेन्सीका सञ्चालक उद्धवबहादुर खड्का र नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का झापा अध्यक्ष रोशन सुवेदीले सोमबार उद्घाटन गरेका हुन ।