- चन्द्र बस्नेत
कनकाई।
झापाको कनकाई नगरपालिका वडा न १ प्रजापतिमा रहेको पशुपति आधारभूत बिद्यालयका बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ। झापाको बिर्तामोडमा रहेको बाल्मिकी लिङ्कन कलेज परिवारले शैक्षिक सामाग्री कापी, डट्पेन, पेन्सिल, ईलेजर, साप्ननरलगायतका सामाग्रीहरु बितरण गरेको हो ।
बालमिकी कलेजका शिक्षक तथा बिद्यार्थीहरुले नै पुराना आधी छोडिएका कपिका पानालाई जम्मा गरि आफैले निर्माण गरेर बाहिरी कबर तथा बेन्डिङ् गरि नयाँ कपिको तयार गरि बिद्यार्थीहरुलाई वितरण गरिएको बालमिकी कलेजका प्रशासन प्रमुख तथा ईभेन्ट ब्यबस्थापक प्रमुख प्रकाश घिमिरेले जानकारी दिए ।
कक्षा नर्सरीबाट कक्षा ५ सम्म अध्यापन हुने बिद्यालयमा जम्मा ७५ जना बिद्यार्थीहरु अध्यनरत छ्न्। विपन्न परिवारका बिद्यार्थीहरु अध्यनरत बिद्यालयमा ६ जना शिक्षक शिक्षिकाले अध्यापन गराउदै आएको प्रधानाध्यापक खेम कार्कीले जानकारी दिए ।
प्रधानध्यापक कार्कीले बिद्यालयले आगामी दिनमा अझ राम्रो अध्यापन गराउन नगर शिक्षा शाखा , जनप्रतिनिधि अविभावक, विभिन्न संघ सस्था, दाताहरुको सहयोग भएमा थप सहज हुने विश्वास व्यक्त गरे ।
कार्यक्रमकि प्रमुख अतिथि कनकाई नगरपालिका वडा न १ कि वडा सदस्य निर्मला खड्काले दाताहरुबाट पाईने यस किसिमको सहयोगले बालबालिकाको मुहारमा देखिने खुशि अन्यत्र नपाईने बताइन् ।
कार्यक्रममा बाल्मिकी कलेजका प्रशासन प्रमुख तथा ईभेन्ट ब्यबस्थापक प्रमुख घिमिरे, हेड अफ डिपार्टमेन्ट प्रमुख निरज ओलीलगायतले आफ्नो धारणा राखेका थिए । शैक्षिक वितरण कार्यक्रममा बिद्यालय व्यवस्थापन समितिका पदाधिकारी ,अविभावक संघका प्रतिनिधि , विभिन्न अविभावक , शिक्षक शिक्षिका लगायत सहभागी रहेको कार्यक्रमको सञ्चालन बिद्यालयका शिक्षक तरुण अधिकारीले गरेका थिए ।