बिर्तामोड।
नेपाल महिला संघ झापाको आयोजना र २ नम्बर क्षेत्रीय समितिको संयोजनमा २ नम्बर क्षेत्रस्तरीय एकदिने अभिमुखीकरण प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
बिर्तामोडमा आयोजित प्रशिक्षणमा महिलाहरुको नेतृत्व बिकासका बिषयमा पूर्णप्रसाद गौतम, महिला अधिकार सम्बन्धी कानुनी ब्यवस्थाका बिषयमा लक्ष्मी शिवाकोटी र नेपाल प्रजातान्त्रिक आन्दोलनको इतिहास र नेपाल महिला संघको इतिहासका बिषयमा बिकाश उप्रेतीले प्रशिक्षण दिएका थिए ।
नेपाली काङ्ग्रेस झापाका कार्यबाहक सभापति केशबराज पाण्डेले प्रशिक्षणको उद्घाटन गरेका थिए । कार्यक्रममा प्रमुअ अतिथि पाण्डे, नेपाल महिला संघ केन्द्रीय सदस्य उमा शिवाकोटी, नेपाल महिला संघ केन्द्रीय सदस्य लक्ष्मी बारकोटी, नेपाली काङ्ग्रेस २ नम्बर क्षेत्रीय सभापति खगेन्द्र मैनालीलगायतले शुभकामना मन्तब्य राखेका थिए ।
औचित्यमाथि प्रकाश नेपाल महिला संघ झापा अध्यक्ष टीका सिटौला मैनालीले पारेकी थिइन् । उनले महिलाहरूको सशक्तीकरण र क्षमता अभिबृद्दिका लागि झापाका पाचवटै क्षेत्रमा प्रशिक्षण आयोजना गरिएको बताइन्
नेपाल महिला संघ २ नम्बर क्षेत्रीय सभापति मनु बिश्वकर्माको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल महिला संघ झापा सचिब उर्मिला ढकाल पोखरेलले स्वागत तथा सञ्चालन प्रभा पौडेलले गरेकी थिइन् ।