झापा ।
झापामा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले दमक नगर कमिटीको पुनर्गठन भएको छ । एसले बिशेष कारणले गर्दा कमिटी पुनर्गठन गरेको पार्टीका जिल्ला कार्यालय कमिटी सदस्य श्रीप्रसाद सिटौलाले जानकारी दिए ।
एसले अगुवा कार्यकर्ता भेला तथा नगर कमिटीको पुनर्गठन गरेको छ । भेलाले हरिप्रसाद नेपालको नेतृत्वमा १५ सदस्यीय नगर कमिटी पुर्नगठन गरेको हो ।
जिल्ला कमिटी झापाका अध्यक्ष बेदराज रेग्मीको अध्यक्षतामा र केन्द्रीय सदस्य निलमणी बरालको प्रमुख आतिथ्यतामा आयोजित भेलाले दमक नगर कमिटीलाई पुनर्गठन हो ।
पुनर्गठन कमिटीको उपाध्यक्षमा जीवन सेढाई र सोममाया लिम्बू रहेका छन् भने सचिवमा सुबास सुवेदी, उप–सचिवमा डिकेन्द्र बस्नेतरहेका छन् । त्यसैगरी सदस्यहरुमा युवराज घिमिरे, मनकुमार दर्नाल, हमला प्रसाई, तोर्ण पौडेल, अनिलदेब राईलगायत रहेकाछन् ।
नेकपा एस झापाका अध्यक्ष बेदराज रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य निलमणि बरालको प्रमुख आतिथ्य रहेको थियो । पुनर्गठित कमिटीलाई पार्टीका केन्द्रीय सदस्य बरालले बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।